+
+
Shares

बैंकिङ क्षेत्र सुधार कार्यदलले माग्यो सुझाव

आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा पनि सुझाव दिन सकिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरी सुझाव माग गरेको हो।
  • नीति, सुपरीवेक्षण, ग्राहक सेवा र ग्रामीण कर्जा प्रवाहमा कार्यदलले सुझाव मागेको छ।

४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले काम सुरु गरेको छ । कार्यदलले पहिलो चरणमा सरोकारवालाबाट सुझाव माग्दै काम थालेको हो ।

कार्यदलले ११ असारसम्म सुझाव पेस गर्न सरोकारवालालाई आग्रह गरेको छ । सुझाव दिँदा बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरीवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकास सम्बन्धमा केन्द्रित हुन कार्यदलले अनुरोध गरेको छ ।

त्यस्तै आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा पनि सुझाव दिन सकिने छ । त्यसैगरी ग्रामीण क्षेत्रमा कर्जा प्रवाह प्रभावकारी बनाउन चाल्नुपर्ने कदमबारे सुझाव दिन सकिने कार्यदलले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्या पहिचान तथा समाधानका सन्दर्भमा पनि सुझाव दिन सकिन्छ । नेपाललाई ग्रे लिस्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका तथा पूँजीबजार विकासमा केन्द्रीय बंैकको समन्वयात्मक भूमिका सम्बन्धमा पनि सुझाव दिन सकिने कार्यदलले जनाएको छ । ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?