+
+
Shares

भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्ने राप्रपाको प्रस्ताव

बिहीबार प्रतिनधि सभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो प्रस्ताव राखेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १५:२७

५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने बताएको छ ।

बिहीबार प्रतिनधि सभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो प्रस्ताव राखेका हुन् ।

भिजिट भिसा प्रकरणमा पुर्ब गृहमन्त्री कृष्णप्रसाद सिटौला देखि बाहालवाला गृहमन्त्री रमेश लेखक सम्मका १४ जना गृहमन्त्री लाई छानबिनको दायरामा ल्याउनुपर्ने उनको आग्रह छ ।

भिजिट भिसा प्रकरण कुनै दल विशेषको नभई सबैको साझा मुद्दा भएकाले यस विषयमा सबै दल एक ठाउँमा आउनुपर्ने उनको आह्वान छ ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति नभएसम्म आफूहरुको विरोध कायमै रहने उनले बताए ।

शाहीले आफूहरूको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिए । विरोधकाबीच संसदको कार्यसूची अघि बढेपछि रास्वपाका सांसदहरूले बेल घेराउ गरे । तर, राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेर बाहिरिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?