+
+
Shares

‘विश्वकै शिर्ष १०’ मा छनोट भयो कोपिला भ्याली स्कुल

कोपिला भ्याली स्कुलले आफ्नै ‘ग्रीन स्कुल क्याम्पस’ निर्माण गर्दै वातावरणीय शिक्षालाई व्यवहारमै लागू गर्दै आएको छ । विद्यालयमा हाल ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १९:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतको बिरेन्द्रनगरमा रहेको कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय २०२५’ को शीर्ष १० मा परेको छ।
  • विद्यालयले वातावरणीय क्रियाकलाप, शून्य–फोहोर नीति, र जलवायु साक्षरतामा ध्यान दिएर सफल परिणाम हासिल गरेको छ।
  • सन् २०२२ मा स्थापना भएको ‘टी फोर एजुकेसन’ को ‘वल्र्ड्स बेस्ट स्कुल प्राइज’ ले विद्यालयको प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको हो।

५ असार, काठमाडौं । कोपिला भ्याली स्कुल ‘विश्वकै उत्कृष्ट विद्यालय २०२५’ छनोटको शिर्ष १० मा परेको छ । सुर्खेतको बिरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुल वातावरणीय क्रियाकलापतर्फ ‘विश्वका उत्कृष्ट शिर्ष १०’ मा छनोट भएको हो ।

कोभिड–१९ महामारीपछि सन् २०२२ मा स्थापना गरिएको ‘टी फोर एजुकेसनको ‘वल्र्ड्स बेस्ट स्कुल प्राइज’ ले कक्षा कोठाभित्र र बाहिर परिवर्तन ल्याइरहेका विद्यालयहरुको सफल अभ्यास र दृष्टिकोणलाई अन्तर्राष्ट्रियस्तरमा साझा गर्ने उद्देश्य राखेको छ ।

कोपिला भ्याली स्कुलले आफ्नै ‘ग्रीन स्कुल क्याम्पस’ निर्माण गर्दै वातावरणीय शिक्षालाई व्यवहारमै लागू गर्दै आएको छ । विद्यालयमा हाल ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

उनीहरुलाई विद्यालयले कक्षा कोठाभित्र मात्र होइन, बगैंचा, फार्म, फोहोर व्यवस्थापन केन्द्र, जल संरक्षण प्रणाली र पुन: उत्पादक कृषि अभ्यासतमार्फत वातावरणीय साक्षरतामा प्रशिक्षित गर्दै आएको छ ।

विद्यालयले शून्य–फोहोर नीति, रिसाइकलिङ, कृषि कक्षा, महिला सशक्तिकरण, जलवायु कार्य लगायतका थुप्रै पहलहरूलाई पाठ्यक्रमसँगै र व्यवहारिक अभ्यासमा समेटेको छ ।

यिनै पहलहरूकै कारण विद्यालय शतप्रतिशत जलवायु साक्षर स्नातक, ९५ प्रतिशत एसईई उत्तीर्ण दर, र ६३ प्रतिशत उच्च शिक्षातर्फ प्रवेश गर्ने परिणाम दिन सफल भएको छ । स्थानीय २२ जना महिला किसानहरुसँग सहकार्य गरी विद्यालयले दैनिक ५ सय भन्दा बढी विद्यार्थीलाई ताजा र पोषणयुक्त भोजन उपलब्ध गराउँदै आएको छ ।

साथै, छात्राहरूको सक्रियतामा महिनावारी स्वास्थ्य, लैंगिक हिंसा रोकथाम र वातावरणमैत्री अभ्यासहरूलाई प्राथमिकता दिँदै आएको छ ।

टी फोर एजुकेसनका संस्थापक विकास पोता भन्छन्, ‘जसरी प्रविधिले शिक्षा प्रणालीलाई पुन:परिभाषित गर्दैछ, त्यस्तै जलवायु परिवर्तन, द्वन्द्व, र असमानताले बालबालिकाहरूको भविष्य अप्ठ्यारो बनाउँदै लगेको छ । यस्तो समयमा कोपिला भ्याली स्कुलजस्ता विद्यालयहरूले हामीलाई आशाको किरण देखाएका छन् ।’

‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार’ अन्तर्गत सामुदायिक सहकार्य, वातावरणीय क्रियाकलाप, नवप्रवर्तन, कठिनाईमाथिको विजय, र स्वस्थ जीवनशैलीको समर्थन गरी पाँच विधामा पुरस्कार प्रदान गरिन्छ ।

हरेक विधाका विजेता विज्ञ निर्णायक समितिद्वारा चयन गरिनेछ भने सार्वजनिक भोटमार्फत एक विद्यालयलाई कम्युनिटी च्वाइस अवार्ड प्रदान गरिन्छ । यो अवार्ड अन्तर्गत सन् २०२५ को अक्टोबरमा विजेता घोषणा गर्ने तालिका छ । त्यसपछि नोभेम्बर १५–१६ मा अबुधाबीमा हुने वल्र्ड स्कूल्स समिटमा उत्कृष्ट विद्यालयहरूले आफ्ना अभ्यास साझा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?