
६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुको १० वटा सेवा अब अनलाइनबाट हुने भएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार विद्यार्थीलाई सहज हुनेगरी अनलाइन सेवा दिन लागिएको हो ।
‘असार १५ देखि अनलाइनबाट सेवा सुरु हुन्छ । कार्यलय आउनै पर्दैन,’ उनले भने ।
परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रभावकारी नभएको र घण्टौ लाइन बस्नु पर्ने भन्दै आलोचना हुने गरेको थियो ।
यी हुन् अनलाइनबाट हुने सेवा :
१) त्रिवि रजिष्ट्रेशन आवेदन फाराम
२) परीक्षा आवेदन फाराम
३) ट्रान्सक्रिप्ट आवेदन फाराम
४) प्रोभिजनल सर्टिफिकेट
५) मूल प्रमाणपत्र
६) पूर्नयोगका लागी आवेदन फाराम
७) शैक्षिक कागजातमा नाम/बर/रजिष्ट्रेशन लगायत सच्चाउने फाराम
८) विभिन्न सिफारीस पत्रहरु
९) प्रमाणपत्रहरुको प्रमाणिकरण
१०) प्रतिलिपी ट्रान्सक्रिप्ट र मार्कसिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4