+
+
Shares

सरकारी उद्योग घाटामा जानुको कारणबारे प्रधानमन्त्रीसँग जवाफ माग

देशमा ब्यापक लुट रहेको तथ्य देखाउने उदाहरण सरकारी उद्योग घाटामा जाने र निजी उद्योग फस्टाउने रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले जिम्मेवार भएर जवाफ दिनुपर्ने माग गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारी उद्योग घाटामा जानुका कारण माग गरे।
  • उनले सरकारी उद्योग घाटामा र निजी उद्योग फस्टाउने अवस्थाको विरोधाभास देखाउँदै प्रधानमन्त्रीलाई जवाफ मागेका हुन्।
  • यदि सरकारले त्यस्ता उद्योग नाफामा ल्याउन सक्दैन भने राजीनामा दिन वा कर लिने काम बन्द गर्न उनको सुझाव छ।

काठमाडौं, ६ असार । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारी उद्योग घाटामा जानुको कारण माग गरेका छन् ।

सरकारी उद्योग घाटामा जाने अवस्था बनाउने अनि निजी उद्योगसँग कर लिने नीति विरोधाभासपूर्ण रहेको भन्दै उनले प्रधानमन्त्रीसँग जवाफ मागेका हुन् ।

‘सरकारी उद्योगहरू घाटामा छ । सरकारी ट्रेन घाटामा छ, प्लेन घाटामा छ’, शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।

देशमा ब्यापक लुट रहेको तथ्य देखाउने उदाहरण सरकारी उद्योग घाटामा जाने र निजी उद्योग फस्टाउने रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले जिम्मेवार भएर जवाफ दिनुपर्ने माग गरे ।

‘सरकारी उद्योगको घाटाको चित्त बुझ्दो जवाफ दिनुस् । लुट होइन, कुशासन होइन, सुशासन हो भने परिणाम के हो ?’ प्रधानमन्त्रीलाई साहको प्रश्न छ ।

यदि चित्त बुझ्दो जवाफ दिन सकिँदैन र सरकारी उद्योगलाई नाफामा लैजान सकिँदैन भनेर रेस्ट लिन (राजीनामा दिन) प्रधानमन्त्रीलाई उनको सुझाव छ । ‘यदि तपाईं सक्नुहुन्न भने जनतासँग कर लिने काम बन्द गर्नुस् वा तपाईं रेस्ट लिनुस् भनेर आग्रह गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?