
News Summary
Generated by OK AI. Editorially reviewed.- चन्द्रागिरि नगरपालिका–४ गोदामचोकमा एक युवकमाथि चक्कु प्रहार भएको छ।
- सोही ठाउँ बस्ने महेश्वर लामालाई नियन्त्रणमा लिइएको छ।
- घाइते सुकबहादुर लामालाई उपचारका लागि अस्पताल लगिएको छ।
८ असार, काठमाडौं । चन्द्रागिरि नगरपालिका–४ गोदामचोकमा एक युवकमाथि चक्कु प्रहार भएको छ ।
गोदामचोक बस्ने ४६ वर्षीय सुकबहादुर लामामाथि शनिबार राति १० बजेतिर चक्कु प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।
सोही ठाउँ बस्ने ३२ वर्षीय महेश्वर लामाले उनीमाथि चक्कु हानेको आरोप छ । आपसी विवाद भएपछि सुकबहादुरलाई उनले घाँटीमुनि चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ ।
चक्कु प्रहारबाट घाइते भएका उनलाई सुरुमा गोदाम स्वास्थ्य चौकीमा उपचार गराइएको थियो ।
कुटपिटमा संलग्न भनिएका महेश्वरलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ । उनी पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4