+
+
Shares

रेसुङ्‍गा नगरलाई ‘हरित शहर’ का रूपमा विकास गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको रेसुङ्‍गा नगरपालिकालाई \'हरित शहर\' बनाउने घोषणा गरिएको छ।
  • नगर प्रमुख खिलध्वज पन्थीले रेसुङ्‍गालाई हिल स्टेसनको रूपमा विकास गर्ने नीति अघि सारेका हुन् ।
  • यस योजनाअन्तर्गत वृक्षारोपण, फोहोर व्यवस्थापन र पर्यटक आकर्षण विकास गरिनेछ।

८ असार, गुल्मी । गुल्मीको रेसुङ्‍गा नगरपालिकालाई ‘हरित शहर’ बनाउने घोषणा गरिएको छ ।

नगरपालिकाले वातावरणमैत्री विकास र दिगो भविष्य सुनिश्चित गर्न हरित शहरको अवधारणा सार्वजनिक गर्दै दीर्घकालीन लक्ष्यअनुसार रेसुङ्‍गालाई हिल स्टेसनको रूपमा विकास गर्ने नीति अघि सारेको हो ।

नगर प्रमुख खिलध्वज पन्थीले १७ औं नगर सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रेसुङ्‍गालाई हरित, स्वच्छ र पर्यटकीय नगर बनाउने संकल्प व्यक्त गरेका छन् ।

उनले शिक्षा, स्वास्थ्य र पर्यटनलाई आधार मानेर नगरलाई हिल स्टेसनको रूपमा प्रवर्द्धन गरिने जानकारी दिए ।

यस योजनाअन्तर्गत नगर क्षेत्रमा वृक्षारोपण, हरियाली प्रवर्द्धन, फोहोरमैला व्यवस्थापन, पर्यावरणीय संरक्षण तथा स्मार्ट सुविधायुक्त संरचनाको विकास गरिने बताइएको छ ।

साथै, रेसुङ्‍गा डाँडासहितका प्रमुख प्राकृतिक र धार्मिक गन्तव्यहरूलाई व्यवस्थित गरी पर्यटक आकर्षणको केन्द्र बनाउने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?