
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंस्थित हार्दिक आईभीएफ तथा फर्टिलिटी सेन्टरले एक महिनाका लागि निःशुल्क आईयूआई क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ।
- क्याम्प १५ असारदेखि १५ साउनसम्म प्रत्येक दिन सञ्चालन हुनेछ र सेवा आवश्यकताका आधारमा सीमित संख्यामा उपलब्ध गराइनेछ।
- सेवामा वरिष्ठ विशेषज्ञ र चिकित्सकको टोली संलग्न हुनेछ र इच्छुक दम्पतीले अग्रिम बुकिङ गर्नुपर्नेछ।
काठमाडौं । काठमाडौंस्थित हार्दिक आईभीएफ तथा फर्टिलिटी सेन्टरले एक महिनाका लागि पुनः निःशुल्क आईयूआई क्याम्प सञ्चालनमा ल्याएको छ ।
यसअघि अप्रिल महिनामा आयोजना गरिएको क्याम्पबाट १० भन्दा बढी जोडी दम्पती गर्भवती भएपछि सेवाग्राहीका मागका आधारमा पुनः यो सेवा सुरु गरिएको हो ।
केन्द्रका अनुसार क्याम्प १५ असारदेखि १५ साउनसम्म प्रत्येक दिन बिहान ८ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।
हार्दिक आईभीएफ व्यवस्थापनका अनुसार यो पहल सन्तान प्राप्तिमा कठिनाइ भोगिरहेका तथा आर्थिक रूपमा कमजोर दम्पतीलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको हो ।
‘हाम्रो उद्देश्य भनेको हरेक आमाबुबा बन्न चाहनेलाई आशाको किरण दिनु हो,’ संस्थाको भनाइ छ ।
आईयूआई प्रक्रिया जुन सामान्य अवस्थामा करिब १५ हजारसम्म खर्च लाग्ने गर्छ । क्याम्प अवधिभर निःशुल्क रूपमा उपलब्ध गराइने छ ।
क्याम्पमा ३ जना वरिष्ठ प्रजनन विशेषज्ञ, अनुभवी एम्ब्रायोलोजिस्टको टिम र अन्य सहयोगी चिकित्सक तथा परामर्शदाता संलग्न हुनेछन् ।
सेवा गुणस्तरीय र व्यवस्थित बनाउन सीमित संख्यामा मात्र सेवाग्राही लिइने भएकाले इच्छुक दम्पतीले अग्रिम बुकिङ गर्नुपर्ने जानकारी सेन्टरले दिएको छ ।
प्रतिक्रिया 4