+
+
Shares

कालीगण्डकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते ६:२९

९ असार, गुल्मी । निरन्तर पहिरोले अवरुद्ध भएको कालीगणडकी करिडोर एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

शुक्रबारदेखि जिल्लाको कालीगण्डकी गाउँपालिका-१ गरगरे स्थित करिडोर सडक माथिबाट पहिरो आएर पूर्णरूपमा अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक तीन दिनपछि मात्रै एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।

सडक खुलेसँगै रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् ।

निरन्तर ढुंगासहितको पहिरो झरिरहेकाले समयमै सडक खुलाउन समस्या भइरहेको थियो । बर्खा सुरु भएसँगै करिडोरमा चट्टानसहितको पहिरोले समस्या भएको थियो ।

सडक अवरुद्ध हुँदा जिल्लाको पुर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा पुग्ने सवारीसाधन गन्तव्यमा पुग्न कठिन हुने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय गुल्मीबाट बागलुङ, स्याङ्जा, पोखरा लगायत काठमाडौं जान छिटो र सुरक्षित मानिएको करिडोर पहिरोले प्रभावित हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?