
News Summary
Generated by OK AI. Editorially reviewed.- सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो।
- सम्बन्धित आयोजना कार्यान्वयन इकाइ र स्थानीय पालिकाको सिफारिसमा प्रक्रिया अघि बढाइएको हो।
- कम्पनीहरूले ३० दिनभित्र स्पष्टीकरण नदिएमा यी कम्पनीहरू कालो सूचीमा पर्नेछन्।
९ असार, काठमाडौं । पाँच निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरिएको छ ।
तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।
सम्बन्धित आयोजना कार्यान्वयन इकाइ कार्यालय तथा स्थानीय पालिकाको सिफारिसमा अनुगमन कार्यालयले प्रक्रिया सुरु गरेको हो ।
पहिलो पटक ३० दिनभित्र स्पष्टीकरण दिन पत्र पठाए पनि सम्पर्कमा नआएपछि कार्यालयले पुन: ७ दिने स्पष्टीकरण माग गरेको छ । यो म्यादमा उचित स्पष्टीकरणसहित उपस्थित नभएको खण्डमा यी कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4