News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्चेस्टर सिटी र युभेन्ट्सले फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरे।
- सिटीले अल अइनलाई ६-० ले पराजित गरे भने युभेन्ट्सले वाइडाडलाई ४-१ ले हरायो।
- दुवै टोलीको समान ६ अंक भए पनि पराजित भएकाले बाहिरिए।
९ असार, काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर सिटी र इटालियन क्लब युभेन्ट्स फिफा क्लब विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
सोमबार भएको समूह जी को खेलमा दुवै टोलीले आ-आफ्नो खेलमा जित निकाल्दै एक खेल खेल्नु अगावै अन्तिम १६ का लागि छनोट भएका हुन् ।
विहान भएको खेलमा सिटीले अल अइन एफसीलाई ६-० गोलअन्तरले हरायो । सिटीको जितमा इल्काए गुन्डोगानले २ गोल गरे भने क्लाउडियो इचिभेरी, एर्लङ हालान्ड, ओस्कार बब र रायन चेर्कीले १-१ गोल गरे ।
त्यस्तै राति भएको खेलमा युभेन्ट्सले वाइडाड एसीलाई ४-१ गोलअन्तरले हरायो । युभेन्ट्सको जितमा केनान विडिजले २ गोल गरे भने दुसान भ्लाहोभिकले १ गोल गर्दा एक गोल उपहार पाएको थियो ।
वाइडाडका लागि २५औं मिनेटमा थेबिनकोसी लोर्कले गोल गरे ।
यी नतिजापछि समूह जी मा दुवै टोलीको २ खेलबाट समान ६ अंक भएको छ । पराजित भएका दुवै टोली बाहिरिएका छन् ।
अब सिटी र युभेन्ट्सबीचको खेलपछि समूहविजेताको टुंगो लाग्नेछ ।
प्रतिक्रिया 4