
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारमा स्थानीय काउलीको भाउ एक सातामा ४० देखि ५० रुपैयाँले बढेको छ।
- आज सोमबार काउली थोक मूल्य प्रतिकिलो ८० देखि ९० रुपैयाँ रहेको छ।
- स्थानीय काउलीको मूल्य वृद्धिले बजारमा आपूर्ति र मागको परिवर्तन संकेत गर्दछ।
९ असार, काठमाडौं । बजारमा स्थानीय काउलीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले स्थानीय काउलीको भाउ बढेको देखाएको हो ।
आज सोमबार कालीमाटी बजारमा स्थानीय काउली थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
स्थानीय काउलीको भाउ एक सातादेखि निरन्तर बढ्दो क्रममा छ । एक साताअघि बजारमा स्थानीय काउली प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा किनबेच भएको थियो ।
एक साताअघिको तुलनामा स्थानीय काउलीको भाउ प्रतिकिलो ४० देखि ५० रुपैयाँ बढेको तथ्यांकले देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4