
Photo Credit : प्रधानमन्त्रीको सचिवालय
News Summary
Generated by OK AI. Editorially reviewed.- सत्ता पक्षीय नेताहरूको बैठक १० असार काठमाडौंको बालुवाटारमा जारी छ।
- बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र अन्य नेताहरू सहभागी छन्।
- बैठकको उद्देश्य र निर्णयको विवरण भने खुलाइएको छैन।
१० असार, काठमाडौं । सत्ता पक्षीय दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।
मंगलबार बिहान सत्ता पक्षीय शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेता कृष्ण सिटौला, नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जित श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि बैठकमा सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4