
१० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ ।
आन्तरिक छलफलपछि यस्तो निर्णय लिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
‘विरोध नियमित राख्ने निर्णय भयो । सुरुमा कुरा राख्छौं र संसद्को कामकारबाही बहिष्कार गर्छौं’ शाहीले भने ।
उनका अनुसार सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न नसक्ने निष्कर्षमा राप्रपा छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।
भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले संसद्को कामकारबाही बहिष्कार गर्दै आएको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाउँदै आएको छ ।
आफूहरू उच्चस्तरीय न्यायीक आयोग गठन गर्नुपर्ने मागमा रहेको शाहीले बताए ।
प्रतिक्रिया 4