News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्याण्डले भारतविरुद्धको पहिलो टेस्टमा ५ विकेटले जित हासिल गर्यो।
- बेन डकेटले १४९ रनको शानदार शतक बनाएर जितमा महत्वपूर्ण भूमिका खेले।
- इंग्ल्याण्डले ३७१ रनको लक्ष्य अन्तिम सेसनमा पूरा गरी सिरिजमा १–० को अग्रता बनाएको हो।
१० असार, काठमाडौं । ओपनर बेन डकेटले शानदार शतक प्रहार गरेपछि भारतविरुद्धको पहिलो टेस्टमा इंग्ल्याण्डले शानदार जित निकालेको छ । इंग्ल्याण्डले ३७१ रनको लक्ष्य अन्तिम दिनको अन्तिम सेसनमा ५ विकेटको क्षतिमा पूरा गरेको हो ।
अन्तिम दिन २१–० बाट खेल सुरु गरेको इंग्ल्याण्डका लागि बेन डकेटले शानदार शतकसहित १४९ रन बनाए । उनले ओपनर जाक क्रलीसँग पहिलो विकेटका लागि १८८ रनको साझेदारी गर्दै खेलको रफ्तार नियन्त्रणमा लिएका थिए ।
क्रली ६५ रनमा आउट भएपछि ओली पोप पनि ८ रनमै पेभेलियन फर्किए । डकेट आउट भएपछि भारतले केही समयको लागि खेलमा फर्किने प्रयास गर्यो । शार्दुल ठाकुरले डकेटलाई आउट गरेपछि ह्यारी ब्रुक पहिलो बलमै शून्यमा आउट भएका थिए ।
त्यसपछि जो रुट र कप्तान बेन स्टोक्सले इनिङ्स सम्हाल्दै ४९ रनको साझेदारी गरे । रुट अन्तिमसम्म ५३ रनमा नटआउट रहँदा जेमी स्मिथ ४४ रनमा नटआउट रहे ।
यसअघि भारतले पहिलो इनिङमा यशस्वी जयस्वाल, शुभमन गिल र ऋषभ पन्तको शतकको मद्दतले ४७१ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले ओली पोपको १०६ र ब्रुकको ९९ रनको मद्दतले ४६५ रन बनाएको थियो ।
दोस्रो इनिङमा ६ रनको अग्रताबाट सुरु गरेको भारतल रिषभ पन्त र केएल राहुलको शतक मद्दतमा ३६४ रन बनाउँदै इंग्ल्याण्डलाई ३७१ रनको लक्ष्य दिएको थियो ।
तर बलिङमा भारत सफल हुन सकेन र इंग्ल्याण्डले सिरिजमा १–० को अग्रता बनाएको छ ।
प्रतिक्रिया 4