+
+
Shares

यसरी तयार थियो इरान–इजरायल युद्धको पृष्ठभूमि

इजरायल छोडी संसारभरका यहुदी शान्तिसँग बस्न पाएका छन्, तर इजरायलमा कहिल्यै अमनचैन छैन। यसको कारण यहुदी अतिवाद नै हो र यो १५ मे १९४८ मा प्यालेस्टिनीहरूलाई जबरजस्ती विस्थापित गरेपछि शुरू भयो।

सूर्यप्रकाश सुनुवार   सूर्यप्रकाश सुनुवार  
२०८२ असार ११ गते ७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्दा मेइरले १९२१ देखि १९४८ सम्म प्यालेस्टिनी राहदानी बोकी यात्रा गरेकी थिइन्।
  • इजरायलको स्थापना १९४८ मा भएको र यसले प्यालेस्टिनीहरूलाई विस्थापित गरेको आरोप लगाइन्छ।
  • जियोनिष्ट संगठनले १८९७ मा बसेलमा पहिलो सम्मेलन गरी इजरायल स्थापना अभियान अघि बढाएको थियो।

इजरायलको जन्म

रूसी साम्राज्यको केन्द्र किभमा ३ मे १८९८ मा जन्मिएकी गोल्दा मेइर सन् १९६९ देखि १९७४ सम्म इजरायलको प्रधानमन्त्री बनिन्। एक अन्तर्वार्ताको क्रममा उनले भनेकी थिइन्, ‘सन् १९२१ देखि १९४८ सम्म मसँग प्यालेस्टिनी राहदानी थियो। त्यही बोकेर यात्रा गर्थें।’ त्यसबेलासम्म इजरायलको जन्म भएकै थिएन। सन् ११८७ मा मुस्लिमले कब्जामा आएको यो क्षेत्रमा प्यालेस्टाइनले नै लामो समय शासन गरेको थियो। पछि अंग्रेज साम्राज्य विस्तारको क्रममा यो क्षेत्र पनि अंग्रेजको कब्जामा पर्‍यो। तर, सन् १९४८ मा त्यहाँबाट बाहिरिनुअघि अंग्रेजले ३५ एकडको सो भूभाग ५५ प्रतिशत प्यालेस्टाइन र ४५ प्रतिशत इजरायललाई बाँडिदियो। त्यसपछि १४ मे १९४८ मा इजरायलले आफूलाई स्वतन्त्र राष्ट्र घोषित गर्‍यो।

यसरी हेर्दा, गोल्दा मेइरसँग सन् १९४८ सम्म इजरायलको राहदानी हुने कुरै भएन। राहदानीको कुरा मात्र होइन, उनले त्यसअघि त्यस क्षेत्रमा न इजरायल थियो, न कुनै यहुदी राज्य भन्दै आफूलाई प्यालेस्टिनी हुँ भनेकी थिइन्। उनका अनुसार त्यसबेलासम्म सबै मिलेर बसेका थिए, यहुदीको विवाह भोजमा प्यालेस्टिनीलाई बोलाइन्थ्यो र अन्यहरूको सामाजिक भोजमा यहुदी आउने गर्दथे। जब सन् १९४८ मा इजरायलको स्थापना भयो, यहुदीहरूले प्यालेस्टिनीहरूलाई तारो बनाउन थाले र यो सत्तरी वर्षदेखि निरन्तर चलिरहेको छ।

परम्परावादी यहुदी (जुडाइज्म्) अभियन्ता राब्बी एल्नान् बेकले एक अन्तर्वार्तामा आजको दिनमा यहुदीहरूका लागि संसारभरमा सबैभन्दा खतरनाक र असुरक्षित स्थान इजरायल भएको बताएका छन्। उनले भनेका छन्, ‘इजरायल छोडी संसारभरका यहुदी शान्तिसँग बस्न पाएका छन्, तर इजरायलमा कहिल्यै अमनचैन छैन।’ उनी भन्छन्, ‘यसको कारण अरू कोही नभएर यहुदी अतिवाद नै हो र यो १५ मे १९४८ मा प्यालेस्टिनीहरूलाई जबरजस्ती विस्थापित गरेपछि शुरू भयो। जसलाई उनीहरू (प्यालेस्टिनीहरू) नाक्बा (जातिहत्या शुरू भएको कालो दिन) का रूपमा सम्झिन्छन्।’

उनी अझै थप्छन्, ‘इजरायलले प्यालेस्टाइनको गाजामा जातिहत्या (जेनोसाइड) गरिरहेका छन् र जातिहत्या गर्नेहरू यहुदी हुन सक्दैनन्, तिनीहरू (जायोनिष्टहरू) त नाजीहरू हुन्। तिनीहरूले पैसाका लागि मान्छे मारिरहेका छन्। तिनीहरूले प्यालेस्टिनीहरूलाई जबरजस्ती निर्वासित हुन बाध्य पारेका छन्। उनीहरूले अमानवीयताको चरमसीमा पार गरिसकेका छन् र यो विगत असी वर्षदेखि भइरहेको छ। यसकारण इजरायलको अन्त्य निश्चित छ। यो मैले भनिरहेको छैन, देखिरहेको छु, परमेश्वरले हेरिरहेका छन्। प्यालेस्टिनीहरू यहुदी विरोधी होइनन्, जियोनिष्ट इजरायलले जे गरिरहेको छ, त्यसको विरोधी हुन्। उनीहरूलाई इजरायलले नै जबरजस्ती हमास हुन बाध्य बनाइरहेको छ। त्यसैले म प्यालेस्टिनीहरूको पक्षमा छु। त्यस्तो प्यालेस्टाइन, जहाँ न यहुदीहरूले प्यालेस्टिनीहरूलाई मार्छन्, न प्यालेस्टिनीहरूले यहुदीहरूलाई। हामी सबै एक भएर बस्न सकिने प्यालेस्टाइन।’

माथिका दुवै भनाइले इजरायल कुनै सार्वभौम राज्य नभएर जबरजस्ती स्थापना गरिएको एक प्रोक्सी राज्य मात्रै हो भनेर प्रमाणित गर्दछन्। वास्तवमा इजरायलको स्थापना किन र कसरी गरियो त ? त्यसका लागि युरोपको लामो इतिहास र यहुदीहरूको सम्बन्धका बारेमा बुझ्नुपर्ने हुन्छ।

के हो जियोनिष्ट ?

सन् १८९७ मा स्विट्जरल्याण्डको बसेलमा जायोनिष्टहरूको प्रथम सम्मेलन भयो। जसको आह्वान र अध्यक्षता थिओडोर हार्जेल (सन् १८६०-१९०४) ले गरेका थिए। यस सम्मेलनको अवधारणा पनि उनले नै बनाएका थिए। उनी एक अष्ट्रियन यहुदी वकिल तथा पत्रकार थिए। उनले नै जियोनिष्ट संगठन बनाएका थिए। त्यसअघि उनी (सन् १८९१-१८९४) भियनाको एक प्रतिष्ठित पत्रिका नयाँ स्वतन्त्र प्रेसका लागि फ्रान्सका संवाददाताका रूपमा कार्य गर्दथे।

त्यस बखत फ्रान्समा अल्फ्रेड ड्रिफस नामका एक जना सैनिक अफिसर थिए। उनी यहुदी थिए। उनले फ्रान्सेली सेनामा बसेर फ्रान्सको आन्तरिक र गोप्य सूचनाहरू जर्मनलाई बेच्ने गर्दथे। यो कुरा सन् १८९४ मा फ्रान्स सरकारले थाहा पाएपछि उनलाई बर्खास्त गरी सैनिक कोर्ट गार्डमा थुनियो र अनुसन्धान गरियो। यसलाई फ्रान्सको इतिहासमा ड्रिफस काण्डका रूपमा चिनिन्छ।

पण्डित, पास्टर, मुल्लाह आदिका वचन वा उपदेश पालना गर्ने व्यक्ति मात्रै त्यो धर्मको सच्चा अनुयायी हुन्छ भन्ने भ्रम फिंजाइएको छ। त्यहाँ फरक विचार राख्ने वा कुनै कुराको तथ्यमाथि प्रश्न गर्ने अनुमति हुँदैन

थिओडोर हार्जेलले फ्रान्सबाट ड्रिफस काण्डलाई यहुदी विरोधी राजनीति (एन्टीसेमिटिज्म) भएको भन्ने अल्फ्रेड ड्रिफसको पक्षमा एकपक्षीय समाचार तथा लेखहरू छपाउन थाले। हुँदा-हुँदा उनले नयाँ स्वतन्त्र प्रेसमा नै यहुदी राज्य स्थापना हुनुपर्ने माग सहितका लेखहरू छपाउन थाले। सम्पादकले उनको यहुदी राज्य स्थापनाको लेखलाई स्थान दिएनन्। यसरी थिओडोर हार्जेल र नयाँ स्वतन्त्र प्रेसका सम्पादक बीच विवाद उत्पन्न भयो। अन्ततः उनी पत्रिकाको जिम्मेवारीबाट निष्काशित भए।

यसपछि उनले यहुदी राज्य नामको पर्चा छापे र यहुदीहरूलाई बाँड्न थाले। यसलाई यहुदी राज्य स्थापना अभियानको रूपमा अघि सारे र सबै यहुदीहरू माझ उक्त पर्चा बाँडे। त्यसरी उनी बसेलमा भएको जियोनिष्टहरूको प्रथम सम्मेलनबाट अध्यक्ष चुनिए। शायद यही नै संसारको प्रथम अति जातिवादी संगठन हुनुपर्दछ।

जियोनिष्ट संगठनको आवश्यकताको धरातल

युरोपका सबै देशमा यहुदीहरू छरिएर बसेका थिए। उनीहरू विशेष गरी व्यापार गर्दथे। व्यापारको माध्यमबाट उनीहरूले चर्को व्याजमा ऋणहरू लगानी गर्दथे। यही चर्को व्याजको कारणले स्थानीयहरूको आर्थिक अवस्था नाजुक हुँदै र उनीहरूको दैनिक जीवन कष्टकर बन्दै जान्थ्यो। लगानी गरिएको ऋण असुल्न यहुदीहरू जुनसुकै तरिका अपनाउन पछि पर्दैनथे। त्यसकारण युरोपमा स्थानीय र यहुदीहरू बीचको सम्बन्ध सधैं एकनास र राम्रो हुँदैनथ्यो। उनीहरू त्यहाँको समाजमा समायोजित हुन सक्दैनथे।

समायोजित हुन नसक्नुको प्रमुख कारण भनेको उनीहरू यहुदी जातिभित्र बाहेक अन्य जातिसँग बिहेवारी गर्न प्रतिबन्धित थियो। यस कारण उनीहरूको स्थानीय गोराहरूसँग पारिवारिक सम्बन्ध विकास र विस्तार हुन सक्दैनथ्यो। पारिवारिक सम्बन्ध विकास नहुने भएकाले उनीहरू त्यहाँ सामाजिक रूपमा पनि समायोजित हुन सक्दैनथे। यस कारण यहुदीहरू अल्पसंख्यकको रूपमा युरोपमा सधैं आफूलाई असुरक्षित महसुस गरिरहेका थिए। यही कारणले नै यहुदी संगठनको आवश्यकताको मान्यता विकास भएको थियो ।

वैवाहिक सम्बन्धमा यहुदी कट्टरता

प्राचीन जुडी शहर (हालको जेरूसेलम आसपास) मा रहेका अब्राहमले सन्तान (छोरा) नभएपछि छोरा प्राप्तिका लागि भाकल गरे। त्यस बखत मानव बलि प्रथा नै व्याप्त भएको रूढिवादी काल थियो। उनले यदि मेरो छोरा जन्मियो भने म ईश्वरलाई नै पठाउने (बलि दिने) छु भन्ने भाकल गरेका थिए। पछि उनको उत्तरकालमा उनलाई पुत्रलाभ भयो। उनले छोराको नाम इशाक राखे। पछि उनलाई आफ्नो सन्तानको मायाले उनले गरेको भाकल अनुसार ईश्वरलाई बलि चढाउन सकेनन्। यो स्वाभाविक मानवीय कुरा थियो। त्यस बखत मानव (नर) बलि सामान्य थियो। तर उनले गरेको भाकल तोडे र ईश्वरले नै उनको छोरालाई बलि नचढाउन भनेको भनेर प्रचार गरे। यही नै थियो, अब्राहमिक धर्मको शुरूआत।

पछि यो विभिन्न सम्प्रदाय हुँदै बेग्ला बेग्लै धर्मको रूपमा विकास भयो। अब्राहमको भनाइलाई आ-आफ्नै ढंगले व्याख्या गरे। अहिले जुडाइज्म्, क्रिश्चियन र इस्लाम धर्मका नामले संसारभर छरिएर रहेका अनुयायीहरू छन्। प्राचीन समयमा खासगरी पूर्वीतिर इस्लाम फैलियो भने पश्चिमतिर क्रिश्चियनका रूपमा फैलियो। पछि इस्लामहरूले कुरान भनेर प्रचार गरे, क्रिश्चियनहरूले बाइबल। यसरी बाइबलको प्रचार र व्यापार सँगसँगै गर्दै यहुदी (यहुदका बासिन्दा) हरू युरोपभर छरिन पुगे। यहुदका बासिन्दाहरूले आफूलाई ईश्वरको सन्तानको रूपमा व्याख्या गरे। यसरी ईश्वरका सन्तानले मानवका सन्तानसँग विवाह गर्न नहुने सोचले गर्दा उनीहरूले अन्य फरक जाति र समुदायसँग विवाह गर्दैनथे।

अरब मुस्लिम देशहरूमा रहेका दुई सम्प्रदाय सिया र सुन्नीबीच भाँजो हालेर अमेरिकाले हालसम्म आफ्नो राजनीतिक वर्चस्व टिकाएको छ

बाइबलबाट प्रभाव फिंजाउँदै

धार्मिक शिक्षाको एउटा विशेषता हुन्छ— गुरु, अगुवा वा धार्मिक व्यक्तित्वले बोलेको कुरामा प्रश्न गर्न नपाइने। यो प्रायः सबै धर्ममा लागू हुन्छ। धार्मिक वा आध्यात्मिक शिक्षा र भौतिक वा वैज्ञानिक शिक्षाको फरक भनेकै यही हो। पण्डित, पास्टर, मुल्लाह आदिका वचन वा उपदेश पालना गर्ने व्यक्ति मात्रै त्यो धर्मको सच्चा अनुयायी हुन्छ भन्ने भ्रम फिंजाइएको छ। त्यहाँ फरक विचार राख्ने वा कुनै कुराको तथ्यमाथि प्रश्न गर्ने अनुमति हुँदैन। फरक विचार र तथ्यमाथि प्रश्न गर्ने कुनै पनि व्यक्ति त्यस धर्मको सच्चा अनुयायी हुन सक्दैन। यो सबै धर्ममा लागू हुने विश्वव्यापी सत्य हो।

सबै धर्ममा हुने आधारभूत मान्यताहरू पनि एकै प्रकारका हुन्छन्। सबै धर्मले सत्य, असत्य, दया, माया, करूणा, सहयोग, दानलाई मान्यता दिएका छन्। सत्यको पक्ष लिने, असत्यको विरोध गर्ने, नराम्रो काम नगर्नू, राम्रो कर्म गर्नू, कसैलाई दुःख नदिनू, भोकालाई खान दिनू, दु:खमा परेकालाई सहयोग गर्नू, अशक्तहरूलाई दया–माया गर्नू, सहयोगी हुनू, आफूसँग भएको द्रव्य वा वस्तु दान गर्नू आदि। यी सबै आधारभूत मान्यताहरूलाई हेर्ने हो भने कुनै पनि धर्म एकअर्काबाट पृथक् छैनन्। सबै धर्म मानवहितकै लागि छन्। तर वास्तविकता भने ठीक उल्टो छ।

संसारभरका चर्चहरूमा बाइबल शिक्षा दिइन्छ। चर्चमा पास्टरहरूले शिष्य वा अनुयायीहरूलाई बाइबलका अध्याय, इतिहास र मिथकहरूका बारेमा शिक्षा दिन्छन्। त्यसमा बाइबलसँग जोडिएर यहुदी र इजरायलका बारेमा कैयौं किस्सा र इतिहासहरू पनि जोडिएर राखेको हुन्छ। जेरूसेलम र इजरायलका बारेमा यो प्रभु (ईश्वर) जन्मिएको भूमिका रूपमा व्याख्या गरिएको छ। बाइबल हिब्रु भाषाबाट अन्य भाषामा अनूदित गरिएको ग्रन्थ हो। हिब्रु भाषा प्राचीन बेविलोन अन्तर्गतको यहुद नगरका बासिन्दाहरूले बोल्दथे।

जब थिओडोर हार्जेलले यहुदी संगठन बनाएर त्यसको अध्यक्ष बने त्यसपछि उनले बाइबललाई यहुदीहरूप्रति सहानुभूति र समर्थन बटुल्ने उपयुक्त साधनको रूपमा लिए, किनभने बाइबलमा पहिलेदेखि नै यहुदीहरूको वंशावलीको बारेमा उल्लेख गरिएको थियो, जसले यहुदी राज्य स्थापनाको अभियानलाई युरोपमा समर्थन जुटाउने सबैभन्दा सजिलो उपकरण बन्यो ।

त्यसपछि बाइबलका नयाँ करारहरूमा नयाँ–नयाँ भाष्य, मिथक तथा यहुदीहरूप्रति सहानुभूति जगाउने सिर्जनाहरू र युद्ध जहिल्यै जुनसुकै बेला इजरायलले जित्ने भाष्यहरू समावेश गरियो। इतिहासमा भएका युद्धहरूलाई भविष्यमा पनि युद्ध नै हुनेछ भनेर बाइबलमा कथ्य भाष्यहरू समावेश गरियो। यसरी एकातिर बाइबलमा कथ्यात्मक भावी युद्धकथाहरू समावेश गरियो भने अर्कोतिर इजरायलले उसको अधीनस्त बनाउन चाहेको क्षेत्र अतिक्रमणका लागि सधैं युद्धको तयारी गरिरह्यो। यसरी इजरायलको योजना अनुसार भएका युद्धहरूलाई प्रभु वा ईश्वरले पहिले नै बाइबलमा भनेका थिए भनेर बाइबलको भविष्यवाणीहरूसँग जोडेर चर्चहरूमा पढाइन्छ। जसले गर्दा बाइबल पढ्नेहरू बाइबलमा भएको कुरालाई यथार्थ सम्झेर विश्वास गर्ने गर्दछन्। यसरी बाइबललाई देखाएर जोनिष्ट यहुदीहरूले उनीहरूप्रति विश्वभरबाट सहानुभूति र समर्थन बटुलिरहेका छन् ।

इरान-अमेरिका-इजरायलका लागि एक चुनौती

जब सन् १९४८ मा प्यालेस्टिनी भूमिमा जबरजस्ती रूपमा अमेरिका र बेलायतको समर्थनमा इजरायलको स्थापना भयो त्यस क्षेत्रका अन्य सबै देशहरूले इजरायललाई अवैध राज्य घोषणा गरेर विरोध गरे। त्यस क्षेत्रमा इजरायललाई मान्यता दिने प्रथम राष्ट्र इरान नै थियो। इरानमा त्यस बखत मुहम्मद शाह पहलवी राजा थिए। पहलवी बेलायत र अमेरिकाको समर्थन र सहयोगमा राजा भएका थिए र उनी लामो समयदेखि अमेरिका समर्थक थिए।

सन् १९७९ मा इरानमा रूहोल्ला खोमेनेईको नेतृत्वमा क्रान्ति भयो र राजा शाह पहलवीको शासन अन्त्य भयो। इरान एक इस्लामिक गणतन्त्रका रूपमा उदायो र इरानमा अमेरिकी समर्थक राजशाहीको अन्त्यपछि रूहोल्ला खोमेनेई इरानको सर्वोच्च नेता भए। उनले सत्तामा पुग्ने वित्तिकै इजरायललाई राज्यको मान्यताबाट खारेज गरिदिए। त्यसपछि इरान-इजरायल र अमेरिकाको दुश्मनी शुरू भयो। उनले अमेरिकालाई ठूलो शैतान र इजरायललाई सानो शैतानका रूपमा चित्रित गरे।

मुस्लिम धर्मावलम्बीहरूमा दुई प्रमुख सम्प्रदायहरू रहेका छन्। इरानका सर्वोच्च नेता मुसाभी रूहोल्ला खोमेनेई सिया समुदायका थिए। उता छिमेकी इराकमा त्यही वर्ष सुन्नी समुदायका सद्दाम हुसेन सत्तामा पुगे। अमेरिकाले हालसम्म अरब मुस्लिम देशहरूमा यही दुई सम्प्रदायका बीचमा भाँजो हालेर आफ्नो राजनीतिक वर्चस्व टिकाएको छ। इरानमा इस्लामिक गणतन्त्र आएपछि अमेरिकाले इरानको विरुद्धमा इराकलाई उक्सायो। विभिन्न सैन्य तथा खुफिया जानकारीको सहयोग गरेर आक्रमण गरायो। यसरी अमेरिकाको उक्साहटमा इरान-इराक युद्ध शुरू भयो र यो युद्ध आठ वर्षसम्म चल्यो।

अमेरिकाले इरानका छिमेकी देशहरूलाई उक्साएर युद्धमा फसाएपछि अमेरिका र इजरायलसँगको दुश्मनी इरानका लागि निको नहुने घाउ बन्यो भने अमेरिकाका लागि इरान पश्चिमएशिया (मध्यपूर्व) र यहाँबाट हुने व्यापारिक वर्चस्वका विरुद्ध एक अवरोधका रूपमा चुनौती बन्यो। त्यसैले दुवै शक्तिहरू सधैं युद्धको तयारीमा रहे। अमेरिकाले इजरायल मार्फत कुनै न कुनै दिन इरानमा आक्रमण गर्छ भन्ने बुझेर नै उसले पनि आफ्नो तयारी निरन्तर गरिरहेको थियो र यो अहिले विस्फोट भएको हो।

इजरायलको तयारी र अमेरिकी नीति

सन् २००९ मा वाशिङ्टन डिसीस्थित बुकिङ्स इन्स्टिच्युसन नामक एक संस्थाले इरानका लागि अमेरिकी अमरणनीतिहरूका लागि विकल्पहरू शीर्षकमा एक शोधपत्र प्रकाशन गरेको थियो। यस शोधपत्रको पाँचौं अध्यायको शीर्षक थियो, बीबीलाई छाडिदिनुहोस्। यसको मतलब इजरायल (बेन्जामिन नेतान्याहु) माथि निर्भर राख्ने। यसका लागि अमेरिकाले इजरायललाई इरानमाथि आक्रमणका लागि प्रोत्साहन र सहयोग गर्ने, तर अमेरिका प्रत्यक्ष रूपमा युद्धमा संलग्न नहुने, जसबाट अन्तर्राष्ट्रिय आलोचना र इरानको प्रतिशोध दुवैबाट अमेरिका बच्न सकोस्। हालको इरान-इजरायल युद्ध यसैको परिणाम हो। यसको तय सन् २००९ मा नै गरिएको थियो। यसको मतलब स्पष्ट छ, इजरायल आफैंमा कुनै एक सार्वभौम राज्य नभएर पश्चिम एशियामा अमेरिकी प्रभुत्व कायम राख्नका लागि खडा गरिएको एक प्रोक्सी राज्य मात्र हो।

यी सबैको कारक भनेको अमेरिकी डलरको प्रभुत्व कायम राख्नु हो। विश्व बजारमा अमेरिकी डलरको प्रभुत्व कायम राख्नका लागि विश्व ऊर्जा बजार (पेट्रोलियम पदार्थ) को कारोबार महत्वपूर्ण छ। त्यसैले यसलाई पेट्रोडलर पनि भनिन्छ। सन् १९७४ मा अमेरिका र साउदी अरेबिया बीच एक सम्झौता भयो, जसमा साउदीले आफ्नो देशमा उत्पादित तेल अमेरिकन डलरमा मात्र बिक्री गर्ने भयो। यसले विश्वका सम्पूर्ण देशहरूलाई पेट्रोलियम पदार्थको खरीद गर्दा अमेरिकी डलरको आवश्यक पर्ने भयो र अमेरिकी डलरको बजार विश्वव्यापी बन्यो। यसरी अमेरिकाले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा डलरको प्रयोगलाई अनिवार्य बनाएको छ र संसारको जुनसुकै मुलुकले पेट्रोलियम पदार्थ अमेरिकी डलरमा मात्रै खरीद गर्न सक्दछ।

विश्वमा आपूर्ति हुने ऊर्जा (पेट्रोलियम पदार्थ) को बजारका महत्वपूर्ण द्वारहरू स्ट्रेट अफ हर्मुज, बाब अल मन्दब स्ट्रेट र स्वेज नहर पश्चिम एशियाका क्षेत्रबाट हुने गर्दछ र विश्व बजारमा आवश्यक ऊर्जा (पेट्रोलियम पदार्थ) को भण्डारण पनि यसै क्षेत्रमा छ। त्यसकारण यस क्षेत्रमा जसको प्रभुत्व छ, उसैले विश्व बजारमा एकाधिकार कायम गर्न सक्छ। यसरी तपाईं हामी सबैले उपभोग गर्ने गरेको डिजल, पेट्रोल, मट्टीतेल लगायतको व्यापारबाट संसारको जुनसुकै देशको जहाँसुकै बस्ने घरपरिवारबाट अमेरिकाले नाफा आर्जन गरिरहेको छ र आफूलाई नाफा नदिने जुनसुकै देश, व्यक्ति र परिवारलाई अमेरिकाले निशाना बनाउने गर्दछ। त्यसैले पश्चिम एशियाका मुलुकहरू अमेरिकाको निगरानी र निशानामा पर्ने गरेका छन्।

इरान सन् १९७९ मा इस्लामिक गणतन्त्र भएदेखि नै अमेरिकाको निशानामा परेको थियो र अहिलेको इरान-इजरायल युद्ध यसको परिणाम मात्र हो। अमेरिकाको एक दशक अघिदेखिको विदेश नीति अनुरूप इजरायलले शुरू गरेको इरान-इजरायल युद्धमा अपेक्षा विपरीत इजरायल कमजोर अवस्थामा देखिएपछि अमेरिकाले इरानका आणविक आयोजना सञ्चालन गरेका क्षेत्रमा सीधै आक्रमण गर्‍यो। यसरी अमेरिका सीधा युद्धमा होमियो। त्यसको बदलामा इरानले कतारमा रहेको एक अमेरिकी सैन्य बेसमा त्यति नै विस्फोटक सहित हमला गर्‍यो, जति अमेरिकाले आणविक ठेगानाहरूमा गरेको थियो। यसपछि युद्धबाट उम्किनुमै फाइदा देखेर अमेरिकाले तत्कालै दुवै पक्ष युद्धविरामको लागि अपिल गर्‍यो। यदि अमेरिका यो युद्धबाट नबाहिरिएको भए त्यसको प्रत्यक्ष प्रभाव बाँकी विश्वमा पनि पर्ने थियो र यो कदम अमेरिकाकै लागि अन्ततोगत्वा नोक्सानदायक हुनेथियो। तत्काल भयंकर युद्धको जोखिम टरेको देखिए पनि अमेरिका र इजरायल जस्ता देशले आफ्ना निहित स्वार्थ नत्याग्दासम्म र उनीहरू बलिया हुँदासम्म सिंगो संसार युद्धको भयबाट मुक्त हुन सक्दैन, संसारमा शान्ति छाउन सक्दैन।

(लेखक, अधिवक्ता तथा अनुसन्धाता हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?