+
+
Shares

रेसुङ्‍गाको बजेट ६७ करोड २१ लाख

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको रेसुङ्‍गा नगरपालिकाले ६७ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
  • बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिको विकास र रोजगारी प्राथमिकता दिइएको छ।
  • सार्वजनिक छलफलपछि तयार पारिएको यस बजेटले दुर्गम बस्तीहरू जोड्ने र स्थानीय उद्योग प्रवर्द्धन गर्ने योजना समेटेको छ।

११ असार, गुल्मी । गुल्मीको रेसुङ्‍गा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ करोड २१ लाख १० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख खिलध्वज पन्थीले नगरपालिकाको १७औं नगरसभामा बजेट प्रस्तुत गरेका हुन् ।

नगर प्रमुख पन्थीले प्रस्तुत गरेको बजेटमा समावेशी, दिगो र समृद्ध नगर निर्माणको लक्ष्य राखिएको बताए ।

बजेटले विशेषगरी पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, पहुँचयुक्त स्वास्थ्य सेवा, कृषिको आधुनिकीकरण र स्थानीय स्तरमा रोजगारी सिर्जनालाई प्राथमिकता दिएको उनको भनाइ छ ।

नगरपालिकाले बाटो, खानेपानी, सरसफाइ तथा विद्युतीकरणका परियोजनामा ठूलो बजेट विनियोजन गरेको छ ।

नगरका दुर्गम बस्तीहरूलाई सडक सञ्जालमा जोड्ने, स्तरीय ढल निकास व्यवस्था निर्माण गर्ने र बस्तीमा नियमित खानेपानी सेवा पुर्‍याउने योजनाहरू बजेटमा समावेश छन् ।

नगरले एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई १ लाखले पुरस्कृत गर्ने बजेटमा समावेश गरिएको छ । सोही विद्यार्थीले नगरमै ११, १२ अध्ययन गरे थप ५० हजार उपलब्ध गराउने बजेटमा व्यवस्था गरिएको छ ।

नगरपालिकाले सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार सुधार, डिजिटल शिक्षाको प्रवर्धन, छात्रवृत्ति वितरण तथा शिक्षक तालीम कार्यक्रमहरू सञ्चालन गर्ने योजना अघि सारेको छ ।

स्वास्थ्य क्षेत्रमा गाउँगाउँमा स्वास्थ्य चौकीको स्तरोन्नति, नियमित औषधि आपूर्ति, गर्भवती तथा सुत्केरी महिलालाई लक्षित पोषण कार्यक्रम, र सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ ।

कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने उद्देश्यले नगरपालिकाले कृषकहरूलाई अनुदानमा बीउबिजन, मल वितरण तथा आधुनिक कृषि उपकरण उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

यसैगरी, कृषि तथा पशुपालनमा आधारित साना उद्योगको प्रवर्द्धन गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गरिने योजना बजेटमा समेवश गरिएको छ ।

नगरपालिकाले बजेट निर्माणमा सार्वजनिक जनप्रतिनिधि र सरोकारवाला निकायहरूसँगको छलफलमार्फत सुझाव संकलन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?