+
+
Shares

प्रहरी संगठन राजनीतिको प्रत्यक्ष प्रभावभित्र छ : पदम गिरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १३:४२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद पदम गिरीले प्रहरीलाई स्वतन्त्र अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्न राजनीतिक वातावरण आवश्यक भएको बताए।
  • उनी भन्छन्, ‘उन्मुक्त वातावरणमा स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा केन्द्रित भएर लाग्नका निम्ति हामीले राजनीतिक तहबाट जस्तो खालको वातावरण दिनुपर्दथ्यो।’
  • गिरीले प्रहरी संगठनलाई राजनीतिक प्रभावबाट मुक्त गर्न र दक्ष जनशक्ति, स्रोतसाधनको व्यवस्था गर्न आवश्यक रहेको बताए।

११ असार, काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले उन्मुक्त वातावरणमा स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा प्रहरीलाई केन्द्रित गराउन आवश्यक रहेको बताएका छन् । यस्तो वातावरण राजनीतिक तहबाटै दिन नसकिएको उनको भनाइ छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनी भन्छन्, ‘उन्मुक्त वातावरणमा स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा केन्द्रित भएर लाग्नका निम्ति हामीले राजनीतिक तहबाट जस्तो खालको वातावरण दिनुपर्दथ्यो । त्यो हामीले दिन सकेका छौं भन्ने लाग्दैन ।’

प्रहरी राजनीतिको प्रत्यक्ष प्रभावभित्र रहने अवस्थामा रहेको उनको भनाइ छ ।

‘राजनीतिको प्रत्यक्ष प्रभावभित्र प्रहरी संगठन रहने, राजनीतिक दाउपेचको कोपभाजनमा पहिला कोही पर्‍यो भने प्रहरीहरू पर्ने । यसले वास्तवमा अपराध अनुसन्धान गर्नेदेखि लिएर शान्ति सुरक्षा कायम गर्ने कुरामा वाधा उत्पन्न गर्ने गरेका विगतमा अनुभवहरू छन्,’ गिरीले भने ।

अब बन्ने प्रहरी ऐनले जुनसुकै तहबाट बढुवाका लागि नेताहरूको घरदैलो धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए । अन्यथा, प्रहरी संगठन राजनीतिको प्रभावमा परिरहने उनको भनाइ छ ।

प्रहरीमा दक्ष जनशक्ति, विषयविज्ञ सहितको जनशक्तिको लागि आवश्यक स्रोत र साधनको उपलब्धता हुनुपर्ने पनि उनले बताए ।

शासन व्यवस्थामा भएको परिवर्तनसँगै प्रहरीले काम गर्ने शैलीमा समेत परिवर्तन हुन आवश्यक रहेको उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?