
१२ असार, काठमाडौं । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो ।
फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलका अनुसार ७२ वर्षीय शेर्पा लामो समयदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् ।
पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ्ग गाउँका बासिन्दा हुन् ।
शेर्पालाई असार १४ गते मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने बताए ।
(भूलसुधारः यसअघि फरक फोटो प्रकाशन भएकोमा क्षमायाचनासहित सच्याइएको छ । -सं.)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4