+
+
Shares

जुवातास खेलेको आरोपमा पाँच जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका-१५ डल्लुबाट पाँच जना जुवातास खेल्ने आरोपमा पक्राउ परेका छन्।
  • प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५ रूपैयाँ र तास सहित नियन्त्रणमा लिएको हो।
  • प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ।

१३ असार, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौं महानगरपालिका-१५ डल्लुबाट पाँच जना पक्राउ परेका छन् ।

डल्लु डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका-६ घर भएका २५ वर्षीय सुनिलकुमार तामाङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सुनिलसहित ५ जनालाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?