+
+
Shares

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १२:४२
Photo Credit : News Agency Nepal

१३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको बैठकमा पार्टीले चलाउन लागेको देशव्यापी अभियान, केही जिल्लाहरूमा बाँकी रहेको जिल्ला अधिवेशन सम्पन्न गर्ने बारे छलफल हुने पार्टी महासचिव घनश्याम भूसालले जानकारी दिए ।

पार्टी स्रोतका अनुसार बैठकमा माधव नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लागेका आरोप बारे ब्रिफिङ गर्नेछन् ।

अध्यक्ष नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतले ३५ लाख धरौटीमा रिहा गरेको छ ।

कतिपय जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रूपमा अध्यक्ष नेपाललाई बोलाएकाले भ्रष्टाचारको आरोप लागेको बेला सहभागी हुने कि नहुने भन्ने बारेमा पनि विवाद रहेको पार्टी स्रोतले जानकारी दिएको छ ।

पार्टीभित्र कार्यवाहक अध्यक्ष तोक्नुपर्ने र संसदीय दलको नयाँ नेता बनाउनुपर्ने दबाब कतिपय नेताहरूले अध्यक्ष नेपाललाई दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?