+
+
Shares

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसईई नतिजा शुक्रबार साँझ ६ बजे प्रकाशित हुने भएको छ ।
  • २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो र ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।
  • परीक्षा नियन्त्रक गणेश भट्टले नतिजा प्रकाशन तयारी भएको जानकारी दिए।

१३ असार, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ ।

केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?