+
+
Shares

प्रकाशमानको प्रश्न- पटक-पटक परीक्षामा उत्तीर्णमाथि प्रश्न छ, नयाँले के गर्न सक्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १५:३०
Photo Credit : News Agency Nepal

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपप्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरूले केही गर्न नसक्ने दाबी गरे।
  • उनले पुराना दलहरूलाई जनताले प्रश्न गरिरहेको भन्दै नयाँ दलहरूले केही गर्न नसक्ने बताए।
  • सिंहले जनताको हित र दीर्घकालीन फाइदामा ध्यान दिन आवश्यक रहेको उल्लेख गरे।

१२ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरुले केही पनि गर्न नसक्ने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले नयाँ राजनीतिक दलहरूले केही गर्न नसक्ने जिकिर गरेका हुन् ।

उनले विभिन्न चरणका परीक्षणहरुमा पास भएर आएका पुराना राजनीतिक दलहरूलाई जनताले अहिले पनि प्रश्न गरिरहेको भन्दै नयाँ र परीक्षण नै नभएका राजनीतिक दलहरूले केही गर्न नसक्ने तर्क गरे ।

‘२००३ सालमा स्थापना भएको कांग्रेस यत्रो परिवर्तन ल्याउन सफल भयो । अहिले पनि जनताले प्रश्न गर्दछ, कांग्रेसले गर्नुपर्ने काम गरेन भनेर भन्छ भने भर्खर जन्मिएका पार्टीले के गर्छ ? टेस्ट नै केही भएको छैन,’ उनले भने ।

जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरूबाट केही हुन्छ भनेर आश गरेर पछि लाग्नु तर्कसंगत नहुने उनको भनाइ छ ।

‘कांग्रेस, यसका भ्रातृ संगठन, शुभेच्छुक संघसंस्थाहरू बलियो भएको खण्डमा मात्रै तपाईं हामीले सन्तोषको श्वास फेर्न सक्छौँ,’ उनले भने, ‘होइन भने धेरै अप्ठेरो हुन्छ । समय र परिस्थितिलाई राम्रोसँग बुझेर अघि बढ्नुपर्छ ।’

उनले थपे, ‘हामी त पटक-पटक जनताको माझमा गएर परीक्षणमा पास भएर आएका छौँ । पटक पटक परीक्षामा पास भएका पार्टीलाई त प्रश्न गर्छन् भने परीक्षामा केही भएकै छैन, तिनीहरूबाट देश कहाँ पुग्छ ?’

उपप्रधानमन्त्री सिंहले सबैको कुरा सुन्नुपर्ने तर जनतालाई हित हुने र जनताले चाहेको कुरा गर्नुपर्ने बताए ।

जनतालाई दीर्घकालीन फाइदा हुने कुरामा अघि बढ्न जरुरी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?