
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८० को नतिजा सार्वजनिक गरी गणितमा सबैभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएको जानकारी दिए।
- गणितमा १ लाख २८ हजार २१५ विद्यार्थी अनुत्तीर्ण भएका छन्, जुन सबै विषयको भन्दा उच्च हो।
- अन्य विषयहरूमा अंग्रेजी, विज्ञान प्रविधि, नेपाली, सामाजिक अध्ययन, अर्थशास्त्र र अप्सनल म्याथमा पनि ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएका छन्।
काठमाडौं, असार १३ – राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन् ।
बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड भएका छन् । यो कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो ।
त्यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपाली थ्योरीमा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५० र अप्सनल म्याथमा १८ हजार २२२ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4