+
+
Shares

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते २०:०४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यबाहक प्रधानमन्त्री नियुक्त गरे।
  • प्रधानमन्त्री ओली स्वदेश नफर्किएसम्म सिंहले दैनिक प्रशासनिक कार्य सम्हाल्ने व्यवस्था गरिएको छ।
  • प्रधानमन्त्री ओलीको टोली शनिबार प्रस्थान गरी २० असारमा फर्कने योजना छ।

१४ असार, काठमाडौं । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणमा सहभागी हुन शनिबार बेलुकी त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यबाहकको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीसहितको टोली शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेको छ ।

उक्त टोली आगामी २० असारमा फर्कने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?