
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालकी दीक्षा अवस्थीले 'मिस सुप्रन्यासनल' प्रतियोगिताको उत्कृष्ट २४ मा स्थान प्राप्त गरिन्।
- पोल्याण्डको वार्सामा सम्पन्न प्रतियोगिताको उपाधि ब्राजिलकी एडुआर्डा ब्रुमले जितिन्।
- सन्तोष उपाध्यायले नेपाल पहिलोपटक यस स्थानमा पुग्दा खुसी व्यक्त गरे र यो पल ऐतिहासिक भएको बताए।
काठमाडौँ । अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता ‘मिस सुप्रन्यासनल’मा ६६ देश बिचको प्रतिस्पर्धामा नेपाल उत्कृष्ट २४ समावेश भएको छ । नेपाली सुन्दरी दीक्षा अवस्थी उक्त स्थानमा पर्न सफल भएकी हुन् ।
पोल्याण्डको वार्सामा सम्पन्न फिनालेको उपाधि भने ब्राजिलकी एडुआर्डा ब्रुमले जितेकी छन् । मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक सन्तोष उपाध्यायले नेपाल पहिलोपटक यो स्थानमा पुग्दा खुसीको सीमा नै नभएको बताए । उपाधि नजिते पनि यो देशका लागि ऐतिहासिक पल भएको उनले बताए ।

प्रतियोगिताको १६ औँ संस्करणकी उपाधि विजेता ब्रुमलाई गत वर्षकी विजेता हर्रास्टा हाइफा जाहराले ताज पहिरिदिएकी हुन् । जर्मनीबाट प्रतिनिधित्व गरेकी अन्ना लाक्रिनी फस्ट रनरअप घोषित भइन् ।
कुराकाओकी क्विसान्टेली लेइटो सेकेन्ड रनरअपको स्थान हासिल गर्न सफल भइन् । फिलिपिन्सकी ताराह भ्यालेन्सिया थर्ड रनरअप हुँदा प्यूर्टो रिकोकी भ्यालेरी क्लेपाड्लो फोर्थ रनरअप बनिन् ।
प्रतिक्रिया 4