+
+
Shares

रास्वपा एकढिक्का छ : सोबिता गौतम

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते २१:२८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद सोबिता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी एकढिक्का रहेको दाबी गरेकी छिन्।
  • उनीहरूले पार्टी फुटको अवस्था नभएको र कानुनी प्रक्रिया मात्र भएको बताए।
  • गौतमले युवाहरूको लागि स्थान बनाउन दलहरूबीच प्रतिस्पर्धा रहेको बताए।

१४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले आफ्नो दल एकढिक्का नै रहेको दाबी गरेकी छिन् ।

शनिबार पार्टी सभापति रवि लामिछानेको पक्षमा पार्टीले चलाएको हस्ताक्षर अभियान अन्तर्गत केन्द्रीय कार्यालय बनस्थलीमा सांसद गौतम सहभागी भइन् ।

सो क्रममा केही सञ्चारकर्मीले सांसद गौतमलाई पार्टी फुटको अवस्थामा पुगेको हो ? भन्दै प्रश्न गरेका थिए ।

विशेषगरी पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले अदालतमा रिट निवेदन दायर गरेको र निर्वाचन आयोगले समेत दिएको पत्र लगायतले फुटको अवस्थामा पुगेको हो ? भनेर प्रश्न गरेका थिए ।

‘त्यो एउटा कानुनी प्रक्रिया हो । हाम्रो पार्टीको हकमा मात्रै नभइ अरुमा पनि हुने त्यही हो,’ सांसद गौतमले भनिन्, ‘हामीले त्यसलाई पार्टीको तर्फबाट क्लेम राख्छौं । रास्वपा एकढिक्का छ । फुटमा छैन ।’
साथै, उनले सबै राजनीतिक दलका आ–आफ्नै एजेन्डा हुने बताइन् । युवाहरूका लागि स्थान बनाउनुपर्छ भनेर आफ्नो दल राजनीतिमा स्थापित हुँदै गरेको कारण पुराना दलहरूलाई थ्रेट भएको हुनसक्ने पनि बताइन् ।

‘रास्वपा हिजोको दिनमा युवालाई स्थान देउ देउ भनेर कतिपटक आवाज उठाउँदा पनि कतिपय दलले तात्विक स्थान नदिएको अवस्थामा रास्वपाले चाहिँ कति अरुसँग मागिरहने, बरु हाम्रो स्थान हामी आफैं बनाउँछौं भनेर बनेको हो,’ गौतमले भनिन्, ‘भोलिको दिनमा रास्वपाले के गर्नसक्छ र भन्ने आकलन भइरहेको बेलामा सपनाको दायरा बढाइरहँदा स्थापित दलहरूलाई थ्रेट महसुस भएको हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?