
१५ असार, काठमाडौं । बजारमा सागको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार आइतबार सागको थोक मूल्य बढेको हो ।
कालीमाटी बजारमा अहिले रायो, पालुंगो, तोरी लगायत साग किन्न पाइन्छ ।
रायो सागको प्रतिकिलो थोक मूल्य आज ७४ रुपैयाँ तोकिएको छ । शनिबार भने रायो साग प्रतिकिलो ५५ रुपैयाँमा कारोबार भएको थियो । आज रायो सागको प्रतिकिलो मूल्य १९ रुपैयाँले बढेको हो ।
यस्तै आज पालुंगो सागको प्रतिकिलो थोक मूल्य ४० रुपैयाँले बढेको छ । शनिबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको पालुंगो साग आज ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो शनिबार प्रतिकिलो ३५ रुपैयाँमा कारोबार भएको तोरीको साग आज प्रतिकिलो ३१ रुपैयाँले बढेर ६६ रुपैयाँमा कारोबार भइरहेको छ ।
व्यवसायीका अनुसार अहिले बजारमा सागको आपूर्ति कम भएकाले मूल्य बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4