
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा ३५ वर्षीय रमेश आचार्यको शव फेला पर्यो।
- ललितपुरको महालक्ष्मी नगरपालिका–२ उदयबस्तीस्थित पुरानो घरमा अज्ञात महिलाको शव भेटियो।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
१५ असार, काठमाडौं। काठमाडौं र ललितपुरका दुई फरक ठाउँमा दुई जनाको शव फेला परेको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा एक पुरुषको शव भेटिएको हो ।
दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका–६ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
त्यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–२ उदयबस्तीस्थित पुरानो भत्किएको घरमा एक महिला मृत भेटिएकी छिन् ।
नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4