+
+
Shares

वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति गौशालामा लुटिए, ५ जना पक्राउ

काठमाडौं महानगरपालिका–९ गौशालास्थित रुन्चेडाँडाको सार्वजनिक बाटोमा विदेशबाट फर्केका एक व्यक्ति १३ असारमा लुटिएका हुन् । उनको साथमा रहेको ४५ हजार रुपैयाँ लुटेरा समूहले लगेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको गौशालामा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिमाथि लुटपाट भयो।
  • प्रहरीले पाँच जनालाई पक्राउ गरी ४५ हजार रुपैयाँ समेत बरामद गरेको छ।
  • उनीहरूमाथि डाँका गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ।

१५ असार, काठमाडौं । वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिमाथि गौशालामा लुटपाट भएको छ ।

काठमाडौं महानगरपालिका–९ गौशालास्थित रुन्चेडाँडाको सार्वजनिक बाटोमा विदेशबाट फर्केका एक व्यक्ति १३ असारमा लुटिएका हुन् । उनको साथमा रहेको ४५ हजार रुपैयाँ लुटेरा समूहले लगेको थियो ।

लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी वृत्त गौशालाले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का ३२ वर्षीय रामबहादुर तामाङ, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–३ का ४० वर्षीय विपिन लामा, महोत्तरीको बर्दिबास नगरपालिका–६ घर भएका ३८ वर्षीय विनोद मगर, रामेछापको सुनापति गाउँपालिका–३ का ३० वर्षीय राजु तामाङ र रामेछापको मन्थली नगरपालिका–१६ का ३० वर्षीय राजकुमार माझी छन् ।

यो समूह १३ असारको साँझ ६ बजेतिर विदेशबाट फर्केका ती व्यक्तिलाई धम्क्याउँदै लुटपाट गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

पक्राउ परेकाहरुबाट लुटपाटको ४५ हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले बताएको छ । उनीहरुविरुद्ध डाँका गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?