+
+
Shares

गोरखामा बाबुरामको धान रोपाइँ (तस्वीर)

विकास मरहट्टा विकास मरहट्टा
२०८२ असार १५ गते १९:१५

१५ असार, गोरखा । आज धान दिवस । देशभरका विभिन्न ठाउँमा रोपाइँ गरियो । यसैबीच पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई पनि धान दिवसको दिन पारेर रोपाइँमा सहभागी भए ।

गृहजिल्ला गोरखाको पालुङटार–१ स्थित बेलवास भन्ने ठाउँमा पुगेर उनी रोपाइँमा सहभागी बनेका हुन् । पत्नी हिसिला यमीसहित भट्टराई रोपाइँका लागि भने आजै मात्र गोरखा पुगेका थिए ।

उनले रोपाइँमा केहीबेर बाउसे गरे । धान पनि रोपे ।

रोपाइँ महोत्सवमा सहभागी हुने क्रममा भट्टराईले कृषिमा आधुनिकीकरणको आवश्यकता औंल्याए । सोही सन्देश दिनेगरी आफू सहभागी रोपाइँमा पनि ट्याक्टर प्रयोग गरेको उनी बताउँछन् ।

‘पहिले यही खेत गोरुले जोत्थ्यो,’ उनले भने, ‘तर कृषिमा आधुनिमीरण गर्नुपर्छ भनेर यो वर्ष ट्याक्टर प्रयोग गरेँ ।’

कृषिमा आधुनिकीकरण गर्न नसक्दा पर्याप्त उत्पादन र रोजगारी दिन नसकेको भन्दै उनले परम्परागत ढंगबाट हुने खेतीलाई परिमार्जन गर्नुपर्ने बताए ।

उन्नत जातको बीउ प्रयोग गर्न सुझाव दिँदै भट्टराईले कृषिको आधुनिकीकरणबाटै देशमा रोजगारी सृजना हुने उनको धारणा थियो ।

‘सबै कृषिमा लागेर हुँदैन, करिब २५ प्रतिशत युवाहरूलाई आधुनिक ढंगको खेती गर्न सिकाउन सकियो भने कृषिको रुपान्तरणबाट देशको अर्थतन्त्रको आधार बन्छ,’ भट्टराईले भने, ‘यही सन्देश दिनका लागि म वर्षेनी सांकेतिक रुपमा कहिले गोरखा कहिले अन्य जिल्ला पुग्ने गरेको छु, यो वर्ष गोरखा आए ।’

राजनीतिक प्रसंग जोड्दै भट्टराईले नेपालको राजनीतिमा दोहोरो मापदण्ड स्थापित भएको बताए ।  आफूलाई ठूलै क्रान्तिकारी भन्ने तर व्यवहारमा बिलासी बन्ने प्रवृति हावी बनेको भन्दै उनले असन्तुष्टि पनि पोखे ।

‘बाहिरि जीवन एउटा भित्री जीवन अर्काे जुन दोधारे प्रवृति समाजमा बढेको छ अत्यन्त चिन्ताजनक छ,’ उनले भने, ‘गमलामा रोपाइँ गर्ने होइन खेतमा गएर रोप्ने हो, यो प्रवृत्ति बदल्न पर्छ भनेर म सधै खेतमा आउछु ।’

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?