+

महिला फुटबल टोलीको जर्सीमा देखियो दुई फरक डिजाइन !

२०८२ असार  १६ गते १३:५३ २०८२ असार १६ गते १३:५३
महिला फुटबल टोलीको जर्सीमा देखियो दुई फरक डिजाइन !

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला फुटबल टोलीको लाओस खेलमा फरक डिजाइनका जर्सी प्रयोग भएको देखिएको छ।
  • जर्सीमा 'केल्मे' कम्पनीको लोगो स्पष्ट देखिएका केहीमा मात्र थियो, अधिकांशमा छैन।
  • यस विषयमा एन्फा वा कम्पनीले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

१६ असार, काठमाडौं । नेपाली महिला फुटबल टोलीको हालै लाओससँगको खेलमा प्रयोग भएका जर्सीहरूमा दुई फरक डिजाइन देखिएको छ।

केही खेलाडीहरूले लगाएका जर्सीको बाहुलामा ‘केल्मे’ कम्पनीको लोगो प्रष्ट रूपमा देखिएको छ भने अधिकांश खेलाडीहरूको जर्सीमा उक्त लोगो नै छैन।

सरु लिम्बुले लगाएको जर्सीमा दुवैतिर लोगो देखिएको छ भने गोलकिपकर अन्जना रानामगरको जर्सीमा दाँयातर्फ लोगो छ । अन्य खेलाडीको जर्सीमा बाहुलामा लोगो नै देखिएको छैन ।

यसरी एउटै टिमका सदस्यहरूले फरक डिजाइन भएका जर्सी लगाउनु सामान्यतः अस्वाभाविक मानिन्छ। प्रारम्भिक अनुमानअनुसार यो गल्ती स्पोन्सर कम्पनी केल्मेबाट भएको देखिन्छ।

नेपाल राष्ट्रिय टोलीको जर्सी उत्पादन गर्ने जिम्मा पाएको कम्पनीबाट यस्तो असावधानी देखिनुमा आलोचना भइरहेको छ।

जर्सीमा लोगो नरहनु केवल दृश्यात्मक कुरामात्र नभई, प्रायोजक र पहिचानसँग समेत जोडिएको विषय हो।

यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) वा केल्मेले अहिलेसम्म कुनै औपचारिक स्पष्टीकरण दिएको छैन।

नेपाली महिला फुटबल टोली फरक जर्सी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय