
News Summary
Generated by OK AI. Editorially reviewed.- सन् १९८१ मा प्रदर्शनमा आएको हिन्दी फिल्म उमराव जान पुनः सम्पादनपछि फेरि हलमा प्रदर्शन भइरहेको छ।
- अभिनेत्री अनन्या पाण्डेले सामाजिक सञ्जालमार्फत रेखासँगका पुराना तस्बिरहरू सार्वजनिक गरी सम्मान व्यक्त गरेकी छिन्।
- फिल्मको विशेष स्क्रिनिङमा कलाकारहरू जस्तै आमिर खान, आलिया भट्ट र जान्हवी कपुर सहभागी थिए।
सन् १९८१ मा प्रदर्शनमा आएको हिन्दी फिल्म उमराव जान पुनः सम्पादनपछि फेरि हलमा प्रदर्शनमा आएको छ । चलचित्र पुनः प्रदर्शनको अवसरमा अभिनेत्री अनन्या पाण्डेले सामाजिक सञ्जालमार्फत अभिनेत्री रेखासँगका केही तस्बिरहरू सार्वजनिक गर्दै सम्मान व्यक्त गरेकी छिन्।
अनन्याले इन्स्टाग्राममार्फत रेखासँगको पुराना तस्बिरहरू सार्वजनिक गर्दै लेखेकी छिन्, ‘रि आन्टी/ हेर्नुहोस्, केही पनि परिवर्तन भएको छैन, उमराव जान फेरि हलमा ।’ उनले सानो उमेरको तस्बिरदेखि लिएर हालैको विशेष स्क्रिनिङमा रेखासँग खिचिएको तस्बिरसम्म सेयर गरेकी छिन्।
रेखाको सम्मानमा गरिएको यो पोस्ट चलचित्रको विशेष स्क्रिनिङसँग जोडिएको हो । सो स्क्रिनिङमा आमिर खान, आलिया भट्ट, जान्हवी कपुर लगायतका कलाकारहरू सहभागी थिए।
रेखा अभिनीत फिल्म उक्त फिल्ममा दरबारिया गायिका र नृत्यांगनाको कथा देखाइएको छ । रेखालाई यस भूमिकाका लागि राष्ट्रिय फिल्म पुरस्कार प्रदान गरिएको थियो।
पुनः सम्पादित संस्करण हाल भारतका विभिन्न सिनेमाघरहरूमा प्रदर्शन भइरहेको छ।
उमराव जान चलचित्र निर्देशक मुजफ्फर अलीद्वारा निर्देशित हो ।
प्रतिक्रिया 4