+
+
Shares

राप्ती गाउँपालिकाका वडा सदस्य रावतको निधन, आज शोक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङको राप्ती गाउँपालिका-२ का वडा सदस्य टेकबहादुर रावतको असामयिक निधन भयो।
  • उहाँको निधन उच्च रक्तचापका कारण हृदयघात हुन सक्ने चिकित्सकले अनुमान लगाए।
  • गाउँपालिकाले शोक व्यक्त गर्दै कार्यालयहरूमा शोक बिदा घोषणा गर्यो।

१७ असार, दाङ । दाङको राप्ती गाउँपालिका-२ का निर्वाचित वडा सदस्य टेकबहादुर रावतको मंगलबार बिहान असामयिक निधन भएको छ।

६५ वर्षीय रावतको आफ्नै निवास मुक्तिनगरमा बिहान साढे ४ बजे निधन भएको वडा अध्यक्ष पहलवान चौधरीले जानकारी दिए ।

उनका अनुसार रावत शौचालयबाट निस्केपछि एक्कासी टाउको दुखेर बेहोस भएका थिए ।

तत्कालै भालुवाङ अस्पताल लैजाने क्रममा बाटोमै उनको निधन भएको अस्पतालका डा. आकाश बेल्वासेले जानकारी दिए ।

रावतको निधन उच्च रक्तचापका कारण हृदयघात (हर्ट अट्याक) भएर भएको हुन सक्ने चिकित्सकको अनुमान छ।

वडा सदस्य रावतको असामयिक निधनप्रति राप्ती गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ।

उनको सम्मानमा आज मंगलबारका गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालय तथा मातहतका सबै कार्यालयहरूमा शोक बिदा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?