+
+
Shares

सर्वोच्चको आदेश : त्रिविमा लगाएको ताला तत्काल खोल्नू

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १८:४२

१८ असार, काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला तत्काल खोल्न अन्तरिम आदेश दिएको छ । अधिवक्ता महेश भट्टराईको रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले त्रिविमा लगाएको ताला खोल्न आदेश दिएको हो ।

एक महिना बढीदेखि त्रिविमा तालाबन्दी छ । जसका कोरण त्रिविका पदाधिकारी कार्यकक्षमा जान पाएका छैनन् । ‘गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी भएको छ,’ त्रिविका कानुनी सल्लाहकार नारायण प्रसाद खनालले भने ।

आंशिक प्राध्यापक संघ, नेपाल विद्यार्थी संघ (नेविसंघ) को एउटा समूह र अनेरास्ववियू (क्रन्तिकारी) ले मूल ढोकामा तालाबन्दी गरेका छन् । नेविसंघबाट निर्वाचित भएका उपत्यकाका स्ववियुका विद्यार्थी नेताहरू १४ जेठमा पदाधिकारीको कार्यकक्षमा ताला लगाएका हुन् । स्नातक पहिलो वर्षमा भर्ना खुलाउनु पर्ने माग राखेर विद्यार्थी नेताले तोडफोड गरेका थिए । तोडफोडमा संलग्नलाई कारबाही त परको कुरा पक्राउ परेको दुई जनालाई पनि छोडिसक्यो ।

त्यसपछि उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दुविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल बाहिरै बसेर काम गरिरहेका छन् । विद्यार्थीको तालाबन्दीले प्रभावित भएको त्रिविमा फेरि ३० जेठमा आंशिक प्राध्यापक संघले तालाबन्दी गरेको छ । नेविसंघका विद्यार्थी नेताले पदाधिकारीको कार्यकक्षमा मात्र लगाएका थिए ।

कर्मचारीहरू कार्यालयभित्र छिर्न पाएका थिए ।

तर, आंशिक प्राध्यापक संघले मूल ढोकामा नै ताला लगाएपछि कर्मचारीसमेत भित्र छिर्न पाएका छैनन् । कर्मचारी स्मृति भवनमा, कोही पुल्चोकमा, कोही परीक्षा नियन्त्रण कार्यालयमा ल्यापटप बोकेर काम गरिरहेका छन् । अदालतको आदेशसँगै अब त्रिविमा विभिन्न समूहले लगाएको ताला खुल्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?