+
+
Shares

पत्रकार दिलभूषण पाठक जिल्ला अदालत उपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते ९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पत्रकार दिलभूषण पाठक १९ असारमा काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
  • उनीविरुद्ध साइबर अपराध र घृणा फैलाउने आरोपमा मुद्दा छ।
  • उनीविरुद्ध अब थुनछेक बहस हुने छ।

१६ असार, काठमाडौं । पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।

साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएकाले पाठक जिल्ला अदालत उपस्थित भएका हुन् । अब उनीविरुद्ध थुनछेक बहस हुनेछ ।

युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पक्राउ नगरी प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?