
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ तीन दिनमा ४ हजार रुपैयाँले बढेको छ।
- चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले बढेको छ।
१९ असार, काठमाडौं । तीन दिनमा सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार १ लाख ८८ हजार १ सय रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा भने आज ४ सय रुपैयाँले भाउ बढेको हो ।
चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १४५ रुपैयाँ रहेको चाँदी आज २ हजार १७० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4