News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले १५ औं महाधिवेशन २०८२ को मंसिरभित्रै तोक्नुपर्ने बताएका छन्।
- उनले सभापतिले दिएको अभिव्यक्तिको समयमा प्रश्न उठाउँदै संविधान र कानुनी बाध्यता अनुसार महाधिवेशन गर्नुपर्ने बताए।
- केसीले पार्टीको बैधानिकता र निर्वाचनको सुनिश्चितता लागि महाधिवेशनको निश्चित मिति तय गर्न आवश्यक रहेको बताए।
१९ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीको जारी केन्द्रीय समिति बैठकले १५ औं महाधिवेशन तोक्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा बिहीबार बोल्दै नेता केसीले २०८२ को मंसिरभित्रै महाधिवेशन हुनुपर्ने माग गरे ।
‘समयमै महाधिवेशन हुने अभिव्यक्ति सभापतिजीले दिँदैआउनु भएको छ, त्यो भनिएको समय कहिले हो ? त्यो समय २०८२ मंसिर भित्र हो कि २०८३ मंसिर हो ?’ सभापतिलाई केसीले प्रश्न गरे,‘वा देशको संविधानले दिएको ६ महिना र विशेष परिस्थिति पनि कुर्ने हो ? यसो हो भने स्थानीय निर्वाचनको मुखैमा पार्टीको महाधिवेशन गर्दा त्यसको परिणाम के होला ? के यो सम्भव छ ?’
पार्टीभित्र कहिलेकाहीं निर्वाचनपछि महाधिवेशन गर्ने कुरा पनि उठ्ने गरेको प्रसंग उठाउँदै केसीले संविधान र कानुनी रुपबाट सम्भव नहुने उनले बताए ।
केसीले भने, ‘यस्तो गर्दा पार्टीको बैधानिकतामाथि नै संकट आईपर्ने हेक्का राख्नुपर्ने जरुरी छ, तसर्थ २०८२ मंसिरभित्रै महाधिवेशन सम्पन्न होस्, त्यसको निश्चित तिथि यही बैठकबाट तोकिनु अनिवार्य भएको छ ।’
केसीले एकपटकका लागि सुध्रिन मौका दिन अनुशासनको कारवाही खारेज गर्ने विकल्प रहेको सुनाए ।
केसीले पार्टी परित्याग गरी अर्को पार्टीको टिकटबाट निर्वाचन लड्ने बागी उम्मेद्वारलाई सोझै प्रवेश गराउन कार्य स्विकार्न नसकिने उनले बताए ।
प्रतिक्रिया 4