+
+
Shares

बन्दीपुर केबुलकारले पायो आईपीओ अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन स्वीकृति प्राप्त गर्यो।
  • कम्पनीले ५८ लाख ६० हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्नेछ, जसको हिस्सा २०.७ प्रतिशत हो।
  • पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूलाई आईपीओ खुल्नेछ।

१९ असार, काठमाडौं । बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

कम्पनीले सर्वसाधारण समूहमा अंकित मूल्य १ सयका दरले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । सर्वसाधारण समूहको सेयर हिस्सा २०.७ प्रतिशत हो ।

केयर रेटिङ नेपालबाट कम्पनीले बीबी रेटिङ पाएको छ । निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्नेछ ।

त्यसपछि सर्वसाधारणका लागि आवेदन खुल्नेछ । कम्पनीले तनहुँमा केबुलकार सेवा सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?