
१९ असार, काठमाडौं । १० दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले भोलि शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो ।
संघले अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ । मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ। त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ तोकिएको छ ।
संघका सचिव मदन पोखरेलले अन्डा उत्पादन कम भएको र माग बढी भएको हुँदा भाउ बढाउनुपरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4