+
+
Shares

एमआरपी नराख्ने एसएस ओभरसिज सहित ३ उद्योगलाई ५ लाख जरिबाना

विभागले बिहीबार अनुगमन गरेकामध्ये ४ उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन र ४ उद्योगलाई सामान्य निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १९:०७
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य विभागले ३ उद्योग तथा फर्मलाई ४ लाख ९५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
  • ती कम्पनीहरूले मूल्यसूची, दर्ता प्रमाणपत्र, एमआरपी, रिलेबलिङ र गुणस्तर हेरफेर गरेको पाइएपछि जरिबाना लगाइएको हो।
  • विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन अनुगमन तीव्र बनाएको जनाएको छ।

१९ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार ३ उद्योग तथा फर्मलाई ४ लाख ९५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत बिहीबार १६ वटा फर्म तथा उद्योग अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा ललितपुर महानगरपालिकामा रहेको एसएस ओभरसिजलाई २ लाख ५ हजार, काठमाडौं महानगरपालिका–११ को म्याजेस्टिक कलर्स सिभिललाई २ लाख र मध्यपुर थिमि नगरपालिका–२ को क्षमादेवी बिल्डिङ मेटरियल्स प्रालिलाई ९० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

ती ३ कम्पनीले आफ्ना उत्पादनमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको, एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराइएको विभागले जानकारी दिएको छ ।

यस्तै विभागले आज बिहीबार अनुगमन गरेकामध्ये ४ उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन र ४ उद्योगलाई सामान्य निर्देशन दिएको छ ।

पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहितको लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।

अनुगमनमा विभागले दैनिक रूपमा एमआरपी लेबल नलगाउने र आफ्ना उत्पादनमा रिलेबलिङ गर्ने, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गर्ने उद्योगी–व्यवसायीलाई २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना तिराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?