+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शिक्षा विधेयकमा विद्यार्थीको मतलाई बेवास्ता गरियो : सुमना श्रेष्ठ

‘विधेयकको स्टेक होल्डर त अभिभावक र विद्यार्थी होला नि, उहाँहरुसँग त फिटिक्क केही छलफल गरेको छैन,’ उनले भनिन्, ‘बच्चाको भोटिङ कार्ड नभएर होला, उहाँहरुलाई इग्नोर भएको होला ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १५:३१

२२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षा विधेयक पाठ्यक्रम र शिक्षकका लागि फरकफरक हुनुपर्ने बताएकी छन् ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद् श्रेष्ठले विद्यालय शिक्षा विधेयकको मोडालिटीमै प्रश्न उठाएकी हुन् ।

उनले भनिन्, ‘शिक्षाको लागि एउटा र शिक्षकको लागि अर्को विधेयक ल्यायौं ।’ विधेयक निर्माणका क्रममा अभिभावक र विद्यार्थीको धारणा नलिइएको प्रति पनि उनको गुनासो छ ।

शिक्षा विधेयक कस्तो हुनुपर्छ भनेर सरकारले विद्यार्थीहरु मतलाई वेवास्ता गरेको उनले आरोप लगाइन् ।

‘विधेयकको स्टेक होल्डर त अभिभावक र विद्यार्थी होला नि, उहाँहरुसँग त फिटिक्क केही छलफल गरेको छैन,’ उनले भनिन्, ‘बच्चाको भोटिङ कार्ड नभएर होला, उहाँहरुलाई इग्नोर भएको होला ।’

विद्यमान पाठ्यक्रमको स्वरुपमा परिवर्तन आवश्यक रहेको जोड दिँदै सांसद् श्रेष्ठले भनिन्, ‘विद्यार्थीले जतिसक्छ प्रतिष्पर्धा खोजेका छन्, विद्यार्थीलाई पोशाकको व्यवस्था गरौं, अतिरिक्त कक्षाको व्यवस्था गरौ, खेलकुदको हरेक व्यवस्था गरौं, अतिरिक्त पाठ्यक्रम विकास गरौं, पाठ्यक्रमको रिभ्यू गर्नु पर्‍यो, यो मेरो माग हो ।’

कांग्रेसले शिक्षकको बढुवालाई तोकिए बमोजिम बनाउने गरी अघि बढ्न खोजेको भन्दै उनले शिक्षक महासंघले सो कुरामा विरोध जनाइरहेको स्मरण गराइन् ।

‘कार्य सम्पादन ९० अंक भनिएको छ, शिक्षक महासंघले यसको बिरोध जनाउने गरेको छ, उनीहरुले अंक तोक्नै नहुने भनिएको छ’, संसदीय समिति बैठकमा उनले भनिन् ।

बढुवा र सरुवा तोकिए बमोजिम राखेर जान नहुने उनको तर्क छ । ‘कक्षामा उपस्थित भएको आधारमा, वार्षिक योजना बनाएको आधारमा, विद्यार्थीको सिकाईको आधारमा बढुवा हुनु पर्छ,’ उनले भनिन् ।

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पास नहुँदा संसदमा टेबुल हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?