News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला फुटबल टोली उज्बेकिस्तानबाट प्रस्थान गरी यूएईको शारजाहमा ट्रान्जिटमा छ।
- नेपाल निर्णायक खेलमा उज्बेकिस्तानसँग पराजित भएर एसियन कपमा छनोट हुन सकेन।
- टोलीले समूह चरणमा लाओस र श्रीलंकालाई जित्दा राम्रो प्रदर्शन गरेको थियो।
२२ असार, काठमाडौं । उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली भोलि (सोमबार) विहान काठमाडौं आइपुग्ने भएको छ ।
नेपाली टोली उज्बेकिस्तानबाट प्रस्थान गरिसकेर हाल यूएईको शारजाहमा ट्रान्जिटमा छ । त्यहाँको ट्रान्जिट सकाएर विहान काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
नेपाली टोली निर्णायक खेलमा उज्बेकिस्तानसँग पराजित भएर एसियन कपमा छनोट भने हुन सकेन ।
समूह चरणका खेलमा नेपालले लाओसलाई ९-० तथा श्रीलंकालाई ८-० ले हराएको थियो ।
निर्णायक खेलमा भने ३-१ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै ३-३ को बराबरी गरेपनि पेनाल्टी सुटआउटमा भने नेपाल चुकेको थियो ।
प्रतिक्रिया 4