+
+
Shares

दुई भारतीय छायांकारले नीताको डेब्यु निर्देशकीय फिल्म ‘सुख दुःख’ खिच्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २३ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म ‘सुख दुःख’ का लागि भारतीय छायाँकार कवीरलाल र शाहिदलालले छायांकन गर्ने सम्झौता गरे।
  • निर्देशक नीता ढुंगानाले प्राविधिक पक्षमा प्राथमिकता दिँदै फिल्मको तयारी गरिरहेकी छन्।
  • फिल्मलाई आगामी वर्ष दशैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याइनेछ।

काठमाडौं । चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलालले आगामी नेपाली फिल्म ‘सुख दुःख’ खिच्ने भएका छन् । नीता ढुंगानाको डेब्यु निर्देशन रहने फिल्मलाई यी दुईले छायांकन गर्ने तय भएको हो ।

आइतबार दुवै पक्षबीच लिखित सम्झौता भएको छ ।

कबीरले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ८० भन्दा बढी फिल्ममा छायाँकारका रूपमा काम गरिसकेका छन् । शाहिदले कन्नड र तेलुगु फिल्ममा छायांकन गरेका छन् ।

यसअघि ढुंगानको फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन पनि कवीरले गरेका थिए । फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ ।

फिल्मको निर्माण व्यवस्थापन शंकर पाण्डेलाई दिइएको छ । निर्देशक ढुङ्गानाले प्राविधिक पक्षमा प्राथमिकता दिँदै हालसम्म कलाकारबारे थप विवरण सार्वजनिक गरेकी छैनन् ।

‘मलाई निर्देशकको रूपमा विश्वास गर्नु भएकोमा सबैलाई मनदेखि धन्यवाद । ‘सुख–दुःख’ले हाम्रो सांस्कृतिक भावना र कथामा नयाँ आयाम थप्नेछ,’ निर्देशक ढुङ्गानाले भनिन् ।

‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दशैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याइने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?