News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल संघले सोमबार काठमाडौंमा विश्व भलिबल दिवस मनाएको छ।
- कार्यक्रममा दुई सयभन्दा बढी सहभागीहरूले एकै पटक भलिबल खेलेका थिए।
- एफआईभिबीले यस वर्षदेखि विश्व भलिबल दिवस मनाउन सुरु गरेको हो।
२३ असार, काठमाडौं । नेपाल भलिबल संघ (एनभीएल) सोमबार काठमाडौंमा विश्व भलिबल दिवस भव्य रुपमा मनाएको छ । भलिबल संघले नैकापस्थित न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको कोर्टमा विभिन्न कार्यक्रम गरी विश्व भलिबल दिवस मनाएको हो ।
उक्त कार्यक्रममा दुई सय भन्दा बढीको संख्यामा उपस्थितहरूले एकै पटक भलिबल खेलेका थिए । जसमा नेपाल भलिबल संघ, राष्ट्रिय खेलकुद परिषद, नेपाल खेलकुद पत्रकार मञ्च लगायतले मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।
जहाँ राखेप सद्य सचिव टंकलाल घिसिङ, भलिबल संघका पदाधिकारीहरू, नेपाली भलिबलका पहिलो पुस्ताका खेलाडीहरू रेशम गुरुङ र दुर्गकुमार राई लगायत वर्षमान खेलाडीहरूसम्मको जमघट भएको थियो ।
यस्तै चन्द्रागिरी नगरपालिकाको विभिन्न विद्यालयका खेलाडीहरूले समेत भलिबल खेलेका थिए । अन्तर्राष्ट्रिय भलिबलको सर्वोच्च निकाय एफआईभिबीले यसै वर्षदेखि वर्ल्ड भलिबल डे मनाउन सुरु गरेको हो । जुन नेपालसहित संसारका भलिबलका २२२ सदस्य राष्ट्रहरूमा एकै पटक मनाइएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
भलिबल नेपालको राष्ट्रिय खेल हुनुका साथै पछिल्लो समय नेपालको हरेक स्थानमा भलिबल खेल खेल्न मिल्ने भएकोले नेपाली भलिबलको चर्चा पनि बढ्दै गएको छ । त्यसमा पनि महिला भलिबल टोलीले प्राप्त गरेको सफलताले भलिबलमा लाग्ने युवा खेलाडीहरू पनि बढिरहेको छ ।
एफआईभिबीले विश्व भलिबल दिवसको दिन विश्वभर रहेका सबैलाई भलिबल खेलेर यसमा सहभागि भएर यो दिवस मनाउन आग्रह गरेको थियो ।
विलियम जे मोर्गानले सन् १८९५ मा पहिलो पटक भलिबल खेललाई सार्वजनिक रुपमा सबै समझ प्रदर्शन गरेको दिनको सम्झनाको रुपमा विश्वव्यापी रुपमा भलिबल दिवस मनाउन सुरु गरिएको हो ।
मोर्गनलाई भलिबल खेलेको पिता समेत भनिन्छ । पहिलो पटक भलिबल खेल खेलेको दिन १८९६ जुलाई ७ कै दिनलाई स्मरण गर्न वर्ल्ड भलिबल दिवस यस वर्षदेखि मनाउन सुरु गरिएको हो ।
तस्वीरहरू : राखेप
प्रतिक्रिया 4