+

सातदोबाटोमा बन्यो सुविधासम्पन्न ‘हाइ पर्फमेन्स सेन्टर’, प्रधानमन्त्रीबाट उद्घाटन

२०८२ असार  २६ गते १५:२० २०८२ असार २६ गते १५:२०
सातदोबाटोमा बन्यो सुविधासम्पन्न ‘हाइ पर्फमेन्स सेन्टर’, प्रधानमन्त्रीबाट उद्घाटन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टरको उद्घाटन गरेका छन्।
  • राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीको स्तरीय प्रशिक्षण सुविधा अभावलाई सम्बोधन गर्न ७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा सेन्टर निर्माण गरेको जनाएको छ।
  • सेन्टरमा १०० खेलाडीले एकैपटक प्रशिक्षण गर्न सक्ने, आधुनिक जिम उपकरण र वैज्ञानिक उपकरण सहित नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टर स्थापना गरिएको छ।

२६ असार, काठमाडौं । नेपाली खेलाडीको प्रशिक्षणस्तर उकास्ने उद्देश्यले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर निर्माण गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उक्त प्रशिक्षण केन्द्रको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थिति थियो । प्रधानमन्त्रीले पहिलोपटक खुलेको यस प्रकारको प्रशिक्षण केन्द्रले खेलाडीको प्रदर्शन उकास्न मद्दत गर्ने उल्लेख गरे ।

नेपालमा अहिलेसम्म खेलाडीलाई आवश्यक स्तरीय प्रशिक्षण सुविधा नहुँदा अन्तर्राष्ट्रिय प्रदर्शनमा असर परेको भन्दै यही समस्यालाई सम्बोधन गर्न केन्द्र निर्माण गरिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको सेन्टर हलमा १०० जनासम्म खेलाडीले एकैपटक प्रशिक्षण गर्न सक्ने छन्। साथै, ४ हजार ९६ स्क्वायर फिट क्षेत्रफलमा जिम हलसमेत रहेको छ।

केन्द्रमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै चेनजिङ रुम, बाथरुम, लकर रुम, अफिस रुम, भण्डारण कक्ष, थेरापी रुम, स्टिम रुम, सुविधा सम्पन्न शौचालय लगायतका पूर्वाधार छन्।

त्यसैगरी, ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, स्क्वाट स्टेन्ड, लेग प्रेस, स्मिथ मसिन, फङ्सनल ट्रेनिङ सिस्टम, डम्बेल स्टेन्ड, बारबेल र्‍याकजस्ता अत्याधुनिक ३० भन्दा बढी जिम उपकरणहरू पनि जडान गरिएका छन्।

खेलाडीको शारीरिक क्षमता र संरचनाबारे अध्ययन गर्न राखेपले नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टर पनि स्थापना गरेको छ। आधुनिक प्रविधिको प्रयोग गरी प्रशिक्षण प्रभावकारी बनाउने उद्देश्यले सेन्टर बनाइएको हो। रिसर्च सेन्टरको पनि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् ।

यस रिसर्च सेन्टरमा भीओ २ टेस्टिङ, ब्लड लेक्टेट एनालाइजर, मोसन ट्र्याकिङ, बायोमेकानिक्स सिस्टम, इसोकाइनेटिक उपकरण, टाइमिङ गेट, इलेक्ट्रोनिक ह्यान्ड ग्रिप डाइनोमिटर लगायत वैज्ञानिक उपकरणहरू उपलब्ध छन्।

राखेपले नेपाली खेल क्षेत्रलाई प्रविधिमैत्री बनाउन युवा तथा खेलकुद मन्त्रालयको निरन्तर सहयोग रहेको बताएको छ।

हाइ पर्फर्मेन्स सेन्टर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय