
News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार बिहान भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् आयोजना क्षतिग्रस्त बनाएको छ।
- प्राधिकरणले रसुवागढी, त्रिशूली–३ ए, देवीघाट लगायत २५० मेगावाट विद्युत् प्रणाली विच्छेद भएको जनाएको छ।
- उच्चस्तरीय टोलीले क्षतिग्रस्त आयोजना निरीक्षण गरी क्षति विवरण सार्वजनिक गरेको छ।
२५ असार, काठमाडौं । मंगलबार बिहान भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण नेपाल विद्युत प्राधिकरणका जलविद्युत् आयोजनामा भएको क्षति विवरण सार्वजनिक गरेको छ ।
प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्स पूर्णरूपमा क्षति भएको छ । त्यस्तै चिलिमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी छिरेको छ भने त्रिशूली–३ ए जलविद्युत आयोजनाको ड्याम साइटको दुई वटा गेटमा क्षति पुगेको छ ।
यसैगरी त्रिशूली–३ बी हब सबस्टेसनमा खोलाले धार परिवर्तन गरी सबस्टेसनभित्र छिरेको र हालसम्म १३२ केभीको बेलगायत संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार त्रिशूली करिडोरको रसुवागढी , त्रिशुलि–३ ए, देवीघाट, त्रिशूली लगायत निजी क्षेत्रको अपर मैलुङ टाडी गरी लगभग २ सय ५० मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको छ ।
२४ असारमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य तथा प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारि निर्देशक राजन ढकाल सहित उच्चस्तरीय प्राविधिक टोलीले क्षतिग्रस्त आयोजना निरीक्षण अनुगमन गरेको थियो ।
प्रतिक्रिया 4