+
+
Shares

राप्रपा प्रवक्ताको जिम्मेवारीबाट लावती पदमुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १५:२३

२५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रवक्ताको जिम्मेवारीबाट सगुनसुन्दर लावतीलाई पदमुक्त गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले लावतीलाई पदमुक्त गरेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

पार्टीका एक नेताका अनुसार, उनले पार्टीका हित विपरीत गतिविधि गरेको पाइएपछि अध्यक्ष लिङ्देनले प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन् ।

‘निरन्तर पार्टी हितविपरीत गतिविधिमा क्रियाशील भइरहेको, पार्टी र नेतृत्वको बारेमा भ्रमपूर्ण समाचार आइरहेको स्रोत उनी नै पुष्टि भएपछि उहाँलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो,’ ती नेताले भने, ‘पार्टीलाई विभाजित ल्याउने कुरामा संलग्न भएको, अध्यक्ष लिङ्देन र पशुपतिशमशेर जबराको बीचमा फाटो ल्याउने गतिविधिमा संलग्न रहेको पुष्टि भएपछि हटाइएको हो ।’

त्यस्तै, अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय अनुसन्धान समितिको अध्यक्षमा सांसद रोशन कार्कीलाई मनोनयन गरेका छन् ।

कार्की राप्रपाको उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य समेत हुन् । उक्त पदमा रहेका नवराज सुवेदीले राप्रपा त्यागेको घोषणा गरेपछि अनुशासन समितिको प्रमुख रिक्त रहेको थियो । सुवेदी राप्रपा छोडेर राजासंस्था पुर्नस्थापनाको लागि गरिने आन्दोलनका लागि संयोजक बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?