+
+
Shares

कृष्णप्रसाद जैसीको खण्डकाव्य ‘श्रद्धाञ्जली’ विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १०:०९

काठमाडौं । कृष्ण प्रसाद जैसी (रुपाखेती) को खण्डकाव्य ‘श्रद्धाञ्जली’को वीरेन्द्रनगर, सुर्खेतमा विमोचन गरिएको छ ।

खण्डकाव्यको प्रमुख जिल्ला अधिकारी जगदीश उपाध्याय र सांसद कृष्णबहादुर जिसीले संयुक्त रूपमा गरेका थिए ।

विमोचन समारोहमा उनीहरूले ‘श्रद्धाञ्जली’ खण्डकाव्यले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

खण्डकाव्य लेखकले स्वर्गीय आमा पवित्रा रुपाखेतीप्रति समर्पित गरेका छन् । दैलेख निवासी लेखक रुपाखेतीका यसअघि पनि थुप्रै फुटकर कविता र लेखरचनाहरू प्रकाशित छन् ।

कार्यक्रममा लेखकका बुबा प्रेमप्रसाद रुपाखेती, पूर्वसांसद ललिता रेग्मी, दैलेखी सेवा समाजका अध्यक्ष देवकुमार बिसी, पदाधिकारी तथा सदस्यहरूका साथै साहित्यप्रेमी र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?