
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय लमजुङले डुम्रे-बेसीशहर–चामे सडक खण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाएको छ।
- जिल्ला सुरक्षा समिति लमजुङले मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर राख्दै २४ असारमा यस्तो निर्णय गरेको हो।
- सडक खण्ड पहिरोको बढी जोखिम भएकाले २५ असारदेखि साउन मसान्तसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
२६ असार, काठमाडौं । मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर राख्दै डुम्रे-बेसीशहर–चामे सडक खण्ड अन्तर्गत बेसीशहरदेखि मनाङको सिमानासम्मको सडक खण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले बिहीबार सूचना जारी गर्दै २५ असारदेखि साउन मसान्तसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको हो ।
जिल्ला सुरक्षा समिति लमजुङको २४ असारमा बसेको बैठकले यस वर्षको मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरेको हो ।
उक्त सडक खण्ड पहिरोको बढी जोखिम रहेकोले यस्तो निर्णय गर्नु परेको प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4